दाङ-सल्यान सडक खण्ड भोलिदेखि १० दिन बन्द हुने

कर्णालीदृष्टी संवाददाता २१ फाल्गुन २०७८, शनिबार १६:१२

दाङ – राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडक खण्ड भोलिदेखि १० दिन बन्द हुने भएको छ ।

दाङ तुलसीपुरकाे चोरखोलादेखि सल्यानको कपुरकोटसम्मको सडक मर्मत गर्नुपर्ने भएकाले याे सडक खण्ड १० दिन बन्द हुन लागेको हो ।

भाेलिदेखि चैत १ गतेसम्म सडक खण्ड बन्द हुन लागेको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिनुभयो । कपुरकोट चोरखोला सडक खण्डमा दैनिक तीन सिफ्टमा काम हुने उहाँले बताउनु भयाे ।

खड्काका अनुसार दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म पहिलो सिफ्टमा सडक मर्मतको काम हुनेछ । दोस्रो सिफ्टमा बिहान११ बजेदेखि दिउँसाे ३ बजेसम्म र तेस्रो सिफ्टमा साँझ साढे ५ बजेदेखि ८ बजेसम्म मर्मतको काम हुनेछ ।

यही समयावधिमा गाडी आवागमन रोकिने खड्काले जानकारी दिनुभयो।

Next Post

सुर्खेतमा ग्याविन वायर उद्योग सञ्चालन

२१ फाल्गुन २०७८, शनिबार १६:१२
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर– १२ मा पहिलोपटक ग्याविन उद्योग सञ्चालनमा आएको छ । ९ हजार ६ सय वर्गमिटर ग्याविन बक्स र दुई हजार किलोग्राम चेनलिङ्क (घेरबार जाली) दैनिक उत्पादन गर्न सक्ने क्षमतासहित सुरक्षा ग्याविन वायर इण्डष्ट्रिज प्रालि सञ्चालनमा ल्याइएको हो । चीनबाट खरिद गरेर ल्याइएको मेसिनले सुर्खेतमै ग्याविन तारजाली उत्पादन […]