नेकपा एसकोे ठाटीकाँध गाउँ कमिटि एमालेमा समाहित

कर्णालीदृष्टी संवाददाता २१ बैशाख २०७९, बुधबार १६:२३

दैलेख । दैलेखकोे ठाटीकाँध गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) को गाउँ कमिटि नै नेकपा एमालेमा समाहित भएको छ । आज एक संयुक्त विज्ञप्ती जारी गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टीको ठाटीकाँध गाउँ कमिटि नै एमालेमा समाहित भएको हो ।

नेकपा एमाले ठाटीकाँध गाउँपालिका कमिटिका अध्यक्ष कुमार विक्रम शाही र नेकपा (एकीकृत समाजवादी) ठाटीकाँध गाउँपालिकाका अध्यक्ष नारायण प्रसाद जैसीले संयुक्त विज्ञप्ती जारी गर्नुभएको हो ।

विज्ञप्तीमा ठाटीकाँध गाउँपालिकाको समृद्धि, उन्नती, प्रगती र नमूना गाउँपालिका निर्माणका लाग तथा भावी पुस्ताको सुन्दर भविष्यको लागि पार्टी एकताको विकल्प नभएको ठहर गरिएको उल्लेख छ ।

Next Post

खाद्य बस्तुको गुणस्तर मापन गर्न कर्णालीमा प्रयोगशाला स्थापना गरिने

२१ बैशाख २०७९, बुधबार १६:२३
सुर्खेत । कर्णाली प्रदेशमा खाद्य बस्तुको गुणस्तर परीक्षणका लागि प्रयोगशाला स्थापना गरिने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले आगामी जेठ १० गतेदेखि सुर्खेतमा प्रयोगशाला स्थापना गरेर संचालनमा ल्याइने जनाएको छ । कर्णालीमा प्रयोगशाला नहुँदा खाद्य बस्तुको नुमना परीक्षणका लागि बाहिर पठाउनुपर्ने बाध्यता छ । कार्यालयका निमित्त […]