काठ नपाउँदा मुगूको मुर्मा सामुदायिक नमुना होमस्टे अलपत्र

कर्णालीदृष्टी संवाददाता १५ फाल्गुन २०७८, आईतवार १८:३०

मूगू । स्वरोजगार हुने उद्देश्यले मुगूको एक समुदायका सबै घरधुरी लाई समुदायिक् होमस्टेमा रुपान्तरण गरिएको छ । तर स्थानीय सामुदायिक वनबाट आवश्यकताअनुसार काठ उपलब्ध नहुँदा स्थानीयहरु समस्यामा परेको बताएका छन् ।

कर्णाली प्रदेशकै मुख्य पर्यटकीय गन्तव्य राराताल र मुर्मा टप चिनिन्छ । पर्यटकीय क्षेत्रबाट यो मुर्मा गाउँ नजिकै भएकाले पर्यटकलाई मुर्मा गाउँको समुदायिक होमस्टे आउन सहज हुने गरेको छ ।

गाउँमा सामुदायिक होमस्टे सञ्चालन भएपछि गाउँमै धेरैले रोजगार पाएको र गाउँलेहरु स्वरोजगार बनेको स्थानीयको बुझाई छ ।

कर्णाली प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा मुर्मा सामुदायिक नमुना होमस्टे सञ्चालन गरिए पनि आवश्यक काठ उपलब्ध नहुँदा कतिपय घर निर्माणको काम अलपत्र परेको स्थानीयको गुनासो छ ।

प्राबिधिक मुल्यांकन र अनुगमन गर्ने जिम्मा डिभिजन वन कार्यालय मुगुले गरेकोछ । सो कार्यालयकाअनुसार छायाँनाथ रारा नगरपालिका ९ को मुर्मा गाउँमा ७७ वटा घरधुरीले गत आर्थिक बर्षको साउन मसान्तसम्म मुर्मा सामुदायिक होमस्टे निर्माण कार्य सम्पन्न हुनेगरी डिभिजन बन कार्यालयसँग सम्झौता गरेको थियो ।

Next Post

जाजरकोटको कुशेमा फोरजी सेवा सुरु, स्थानीय खुशी

१५ फाल्गुन २०७८, आईतवार १८:३०
जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकामा नेपाल टेलिकमको नमस्ते मोबाइल फोरजी सेवा सुरु भएको छ । आईतबारदेखि कुशे गाउँपालिका ५ खुर्पाको लेकमा बनेको टावर सञ्चालनमा आएसँगै नमस्ते मोबाइल फोरजी सेवा सुरु भएको हो । बर्षाैंदेखिको कुशेबासीको फोन गर्ने सपना पुरा भएको भन्दै स्थानीयब खुशी भएका छन् । गाउँपालिकाभन्दा बाहिर रहेका आफन्तलाई […]

सम्बन्धित समाचार