सुर्खेत महोत्सवको समय थप नहुने ।

कर्णाली दृष्टि संवाददाता २८ माघ २०७९, शनिबार २१:१६

सुर्खेत : सुर्खेत महोत्सवको समय थप नहुने भएको छ ।माघ २० गतेबाट संचालन भएको महोत्सवको मिति आज सकिएको छ ।

वीरेन्द्रनगर सुर्खेतमा भएको दोस्रो राष्ट्रिय औधोगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सव–२०७९ को समय थप नहुने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले बताए ।

आयोजकले फागुन ३ गतेसम्म महोत्सव संचालन हुने बताए पनि समय थप नहुने तिवारीले जानकारी दिए ।

Next Post

दैलेखमा श्रीमानले श्रीमतिको गरे हत्या

२८ माघ २०७९, शनिबार २१:१६
दैलेख : दैलेखमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन्,। गुराँस गाउँपालिका ८ माथिल्लो गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया पार्वती बिसीको हत्या गरेका प्रहरीले जनाएको छ । हत्या गर्ने कृष्णबहादुरलाई पक्राउ गरिएको र थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो । […]

सम्बन्धित समाचार