हुम्लाको तील गाउँमा पहिरोले पुल बगाएपछि जोखिम मोलेर स्वास्थ्य सेवा

कर्णालीदृष्टि संवाददाता २१ जेष्ठ २०८२, मंगलवार २२:३२

हुम्ला । गत जेठ १ गते राति पहिरो गएपछि औषधी र खोप अभाव भएको नाम्खा गाउँपालिका–६ हिमालपारि लिमीको तील गाउँमा औषधी र खोपको जोहो गरिएको छ ।

पहिरोले पुल बगाएपछि आवतजावतमा नै समस्या भएको थियो । स्वास्थ्यकर्मी र स्थानीयवासीको सहयोगमा खोलामा वारिबाट पारी सामाग्री जोखिमसाथ तारेर औषधी र खोप पुर्‍याइएको हो । उक्त गाउँ प्रवेश गर्ने खोला तर्ने काठे पुल पहिरोले बगाएपछि सो गाउँ पुगेर उपचार गर्नका लागि गएका स्वास्थ्यकर्मीहरूले जसोतसो खोला पार गरेर औषधी लग्नुपरेको छ ।

नाम्खा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ग्याछो लामाले तील खोलामा काठे पुल पहिरोले बगाएको कारण तील गाउँवासीको स्वास्थ्य चेकजाँच गर्न गएको टोली आफ्नै जुक्ति लगाएर औषधी तथा खोप सामाग्री पार गराउन सफल भएको बताए । उपचार गर्न तील गाउँ जाने क्रममा पुल नभएको तील खोलामा एक जना वारि पट्टी र अर्को जना अर्को पट्टी बसेर औषधीलाई खोला पार गराउन सफल भएको उनले बताए । यसरी स्वास्थ्यकर्मीहरूले औषधीलाई खोला पार गर्न लगाएर तील गाउँ पुर्‍याएका थियो । तील पुगेपछि दुई जना बालबालिकालाई खोप लगाउने कार्य भएको थियो भने अन्य सबै गाउँवासीको स्वास्थ्य परीक्षण गरिएको उनले बताए ।

त्यसैगरी स्वास्थ्य सम्बन्धि मनोपरामर्स पनि स्थानीयवासीसँग गरिएको थियो । महामारीजन्य रोग नियन्त्रण तथा रोकथामको कार्य पनि गरिएको थियो । स्थानीयसँग स्वच्छ खानेपानी, खानेकुरा, सरसफाइ तथा मानसिक डर त्रास सम्बन्धी स्वास्थ्य शिक्षा प्रदान गरिएको थियो । त्यसैसरि स्वास्थ्यकर्मीहरूको टोलीले पोषण लेखाजोखा गर्ने कार्य पनि भएका थिए ।

 

Next Post

सुनचाँदीको मूल्य वृद्धि

२१ जेष्ठ २०८२, मंगलवार २२:३२
काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज सुन तोलामा रु दुई हजार ९०० र चाँदी रु ५५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९२ हजार ७०० कायम […]