सल्यान बसाइँ सरेका राउटे समुदाय बालिकाको मृत्यु भएपछि पुनः सुर्खेत

कृष्ण शर्मा ५ भाद्र २०७८, शनिबार ०८:००

सुर्खेत – सल्यान बसाइँ सरेका राउटे समुदाय एक बालिकाको मृत्यु भएपछि पुनः सुर्खेत आईपुगेका छन ।

केही महिनाअघि मात्रै सल्यान बसाइँ सरेका राउटे समुदाय फेरि सुर्खेत उक्लिएका छन् । सल्यानको कालिमाटी गाउँपापालिकाको च्यूरीबासमा बस्दै आएका यो जातीमा बुधबार एक बालिकाको मृत्यु भएपछि पुनः सुर्खेत फिर्ता भएका हुन् । हाल उनी गुर्भाकोट नगरपालिका–१ सीमसार भन्ने ठाउँमा आइपुगेका छन् ।

बालिकाको मृत्यु भएपछि उनीहरु कम्तीमा १२ दिन त्यहीँ बस्ने खत्री बताउँछन् । ‘आफ्नो संस्कारअनुसार केहीदिन यहीँ ठाउँमा बस्ने र पछि अनेत्र जाने तयारी छ,’ खत्रीले भने, ‘बस्ती सीमसारमा बसेपनि सबै सामान बोटेचौर–सल्यान–तुल्सीपुर सडक खण्डको सुर्खेतस्थित गैरी बजारमा राखेका छन् । उनकाअनुसार उनीहरु जाजरकोट वा सुर्खेतको बड्डीचौरतर्फ जाने भन्नेबारे केही खुलाएका छैनन् ।

राउटे समुदायको संरक्षण, स्वास्थ्य हेरचाह र शिक्षाका लागि सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख जोडी शिक्षक खत्रीसहित उनको श्रीमती दुर्गा खड्का ‘खत्री’ र अहेब विनोदकुमार विसीलाइ बस्तीमै परिचालन गरिरहेको छ ।

Next Post

जापानले दिएको अस्ट्राजेनेकाको बाँकी खोप आज र पर्सि ल्याइने

५ भाद्र २०७८, शनिबार ०८:००
काठमाण्डौ – जापानले कोभ्याक्स सुविधाअन्तर्गत दिएको अस्ट्राजेनेकाको बाँकी खोप आज र पर्सि सोमवारसम्ममा काठमाण्डौ आइपुग्ने भएको छ । १६ लाख डोजमध्ये आठ लाखभन्दा बढी यसअघि नै आइसकेको र बाँकी आज र पर्सिसम्म आइपुग्ने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख झलक शर्मा गौतमले जानकारी दिनुभयो । यस्तै अस्ति बुधवार र बिहीवार […]