दैलेख : दैलेखको महाबु गाउँपालिकाले गर्भवती आमाहरूलाई निशुल्क क्याल्सियम चक्की वितरण गरेको छ ।
गाउँपालिकाले गर्भवती आमाहरुका लागि क्याल्सियम चक्की वितरण कार्यक्रम संगै स्वास्थ्यकर्मीहरुलाई ३, दिने अभिमुखिकरण गोष्ठी संचालन गरेको हो ।, ‘ महाबु गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बिहिवार पालिकाको सभाहलमा अभिमुखिकरण गोष्ठी भएको थियो ।
“गर्भावस्थामा हुन सक्ने प्री -इक्लाम्पसिया / ईक्लाम्पसिया रोकथामको लागि क्याल्सियम चक्कीको प्रयोग” गर्ने उद्देश्यले यो कार्यक्रम संचालन गरेको स्वास्थ्य शाखा प्रमुख रमेशकुमार दसौदिले बताए।,’उनका अनुसार कर्णाली प्रदेशका जिल्लाहरु मध्य दैलेख जिल्लाको महाबु गाउँपालिकामा पहिलो पटक यो कार्यक्रम लागू भएको जानकारी दिए ।