आज र भोलि देशभरका बालबालिकालाई भिटामिन एु र जुकाको औषधि खुवाइँदै

कर्णालीदृष्टी संवाददाता ७ कार्तिक २०७८, आईतवार ०८:००

काठमाण्डौ । देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान आजदेखि सुरु हुँदैछ ।

६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । पालिकाले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

भिटामिन ए र जुकाको औषधि खान आज छुटेका बालबालिकालाई भोलि पनि खुवाउन सकिने छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ए कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

जुकाको औषधि भने २०५६ सालदेखि खुवाउन थालिएको हो । सरकारले प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै आएको छ ।

Next Post

टी २० विश्व कपमा पाकिस्तानद्धारा भारत पराजित ।

७ कार्तिक २०७८, आईतवार ०८:००
काठमाण्डौ । आईसीसी टी २० विश्व कपमा पाकिस्तानले पहिलो पटक भारतलाई हराएको छ । भारतले दिएको एक सय ५१ रनको लक्ष्य पाकिस्तानले एक विकेट पनि नगुमाइ १३ बल अघि नै भेटायो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ६८ र विकेटकिपर मोहम्मद रिजवानले ७९ रन बनाए । यी दुईले एक सय […]