महाबु अस्पतालमा इमर्जेन्सी सेवा बाहेक सबै बन्द, स्वास्थ्यकर्मीको पुर्ण रूपमा सुरक्षाको माग

कर्णाली दृष्टि संवाददाता २३ बैशाख २०८०, शनिबार १६:३१

दैलेख । जिल्लाको महाबु अस्पतालमा इमरजेन्सी ड्युटिमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी माथि र्दुव्यवहार गरी अस्पतालमा तालाबन्दी लगाएपछि अनिश्चीत समयका लागि सेवा बन्द गरिएको छ ।

शुक्रबार साझ करिब ८ बजे स्थानीय ३४ वर्षिय पुष्पा खनाल घरमा बेहोस भई उपचारकालागि अस्पताल लगिएको र, अस्पताल पुर्याउदा समेत बेहोस नै रहेकी उनको स्वास्थ्यकर्मीहरुले उपचार गरिसकेपछी होसमा फर्किएकी थिइन ।

उक्त पुस्पालाई परिक्षण गर्दा सबै सामान्य नै थियो पछी अस्पतालमा उपलब्ध नहुने औषधि इन्जेक्सन डि ५% र डि एन. एस. सलाईन बाहिरबाट ल्याउन भनेपछी विबाद उत्पन्न भएको हो । विरामिलाई सामान्य भइसकेपछी आफन्तले ड्युटिमा खटिएका मेडकल अधिकृत डाक्टर आकास कार्की स्वास्थ्यकर्मि ह.अ.प्रेम परियार,अ.न.मी.रेजीना सिंह र अ.न.मी.राधा थापालाई फार्मेसी कोठामा थुनेर च्यानल गेटमा तालाबन्दी लगाएका थिए ।

ताला लगाउनेमा विरामीका आफन्त प्रकाश खनाल, राम लक्ष्मण लगायत युवाहरु रहेका स्वास्थ्य शाखा प्रमुख राजेश बुढाले जानकारी गराएका छन।, तालाबन्दी गरेको करिब १ घण्टाको समय पछि प्रहरीले खोल्न भनेपछि प्रकाशका बुवा बिनोद खनालले ताला आफै खुल्ला गरेका थिए।

उनका अनुसार अस्पतालले आज प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्था जस्तो अति संवेदनसिल क्षेत्रमा हुने अराजक,अमानविय व्यावहारको घोर भत्सना गर्दै पूर्ण सुरक्षाको ग्यारेन्टी सहित सहजरुपमा कामगर्ने बातावरण नभएसम्मका लागि अस्पतालको ईमरजेन्सी सेवा बाहेक सम्पूर्ण सेवा अनिश्चीत समयका लागि बन्द गरेको छ ।

उक्त घटनाको बिरोध गर्दै महाबु अस्पताल दैलेख, नेपाल स्वास्थ्यकर्मी संघ दैलेख, केन्द्रिय नेपाल निजामति कर्मचारी युनियन, नेपाल निजामती कर्मचारी युनियन प्रदेश कार्यसमिति सहित सम्पुर्ण कर्मचारी महासंघ, कर्मचारी संगठन समेतले प्रेस विज्ञप्ति मार्फत जारी गरेका छन् ।

 

Next Post

महाबुमा मोतिबिन्दु आँखा शिविर अप्रेसन संचालन

२३ बैशाख २०८०, शनिबार १६:३१
दैलेख : महाबु गाउँपालिकामा शुक्रबार देखी आँखा अप्रेसन शिविर संचालनमा आएको छ । गाउँपालिकामा एक कार्यक्रम बिच कर्णाली प्रदेश माननीय मन्त्री कृष्ण कुमार बि.सि. का.वा. अध्यक्ष मन्जु शर्मा पाण्डे र नि. बर्तमन अध्यक्ष जंगबहादुर शाहीले अप्रेसन शिविर उत्घाटन गरेका थिए। उक्त कार्यक्रममा मन्त्री बिसिले हाम्रो शरीर स्वस्थ रह्यो भने मात्र […]

सम्बन्धित समाचार