बढ्यो पेट्रोलको मुल्य, अरू यथावत्

कर्णाली दृष्टि संवाददाता १८ चैत्र २०८०, आईतवार २३:२०

सुर्खेत । नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलेका मूल्यमा प्रतिलिटर ४।७६ रुपैयाँले बढेर आएकोले नेपालमा पनि पेट्रोलमा मूल्य बढाएको हो ।

जसअन्तर्गत पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १७२।५०, दोस्रो वर्ग १७४ र तेस्रो वर्गमा १७५ रुपैयाँ पुगेको छ ।

वृद्धि भएको मूल्य आजै रातिदेखि लागू हुने निगमले जनाएको छ । निगमले डिजेल, मट्टितेल, एलपी ग्यास तथा हवाई इन्धनको भने मूल्य यथावत राखेको छ ।

Next Post

प्रधानमन्त्रीको निर्देशन, नक्कली बिल र स्टिकरको अनुगमन गरी एक्सन लिनुस्

१८ चैत्र २०८०, आईतवार २३:२०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन् । आइतबार दिउँसो सिंहदरबारमा आयोजित राजस्व वृद्वि तथा चुहावट नियन्त्रण सम्वन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र […]