पश्चिम तराईमा बाक्लो हुस्सु, धेरै ठाउँको मौसम बद्ली

कर्णाली दृष्टि संवादाता ९ माघ २०७७, शुक्रबार ०९:३२

काठमाडौ :काठमाडौंसहित देशका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागेको छ।काठमाण्ड‍ौ उपत्यकासहित पहाडी जिल्लामा बिस्तारै मौसम खुल्दै जाने र दिउँसो घाम लाग्ने मौसमविद् राजु प्रधानाङ्गले बताए ।

आज पश्चिम तराईका जिल्लामा मौसम खुल्ने सम्भावना भने कम छ । पश्चिम तराईमा दिनभरि नै बाक्लो कुहिरो र हुस्सु लाग्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताए ।

उनकाअनुसार आज पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने तत्काललाई नरहेको मौसमविद्ले बताएका छन् ।

Next Post

नेकपाको प्रचण्ड-नेपाल समूहले आज काठमाडौमा विरोध प्रदर्शन गर्ने

९ माघ २०७७, शुक्रबार ०९:३२
काठमाडौ :नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज काठमाडौमा विरोध प्रदर्शन गर्ने भएको छ ।प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले आजको प्रदर्शन शान्तिपूर्ण हुने जनाएको छ । विरोध प्रदर्शनलाई व्यवस्थित गर्न युवा, विद्यार्थी, मजदुर र खेलकुद मोर्चाका दुई हजार स्वयंसेवक परिचालन गरिने सङ्घर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताए । […]