दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

कर्णाली दृष्टि संवाददाता १८ चैत्र २०८०, आईतवार २३:५२

काठमाडौं । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ ।

न्यायाधीशहरू डा। कुमार चुँडाल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याएको भए बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।
रिट निवेदनमा जे मागदावी थियो, अहिले इजलासले गरेको आदेश हेर्दा रिट जारी भएको देखिन्छ’ सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले भने, ‘आदेशको प्रति हामीले पाइसकेका छैनौं । निवेदन बमोजिम रिट जारी भएको भनेकाले त्यही अर्थ लगाउन सकिन्छ । विस्तृत विवरण त संक्षिप्त आदेश वा फैसलाको पूर्णपाठ प्राप्त भएपछि थाहा होला ।’

मेडिकल व्यवसाय हुँदै राजनीतिक कनेक्सन बनाएका दुर्गा प्रसाईंले खोलेको उक्त मेडिकल कलेजको सम्बन्धनलाई लिएर लामो समयदेखि विवाद जारी थियो ।आफूले सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

त्यही रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले आदेश जारी गरेको हो ।

Next Post

दैलेख आई पुगे, पेट्रोलियम पदार्थ उत्खनन् उपकरणहरु

१८ चैत्र २०८०, आईतवार २३:५२
दैलेख । पेट्रोलियम पदार्थ उत्खननका लागि चीनबाट ल्याइएका उपकरणहरु दैलेख पुगेका छन् । २०७६ असोजदेखि सुरु फागुनुम्म गरिएको अन्वेषणबाट यहाँ पेट्रोलियम पदार्थ भएको पुष्टि भएपछि पछिल्लो समय उत्खनन्का लागि तयारी चरणमा पुगको हो । भैरवी गाउँपालिका १ जलजलेमा उत्खनन्को लागि अन्तिम ड्रिलिङ सर्वेको कामका लागि चीनबाट ल्याइएका उपकरणहरु दैलेख ल्याई […]