अविरल बर्षातले घर भत्किएपछि, एक जनाको मृत्यु

कर्णाली दृष्टि संवाददाता ७ जेष्ठ २०७८, शुक्रबार १५:०९

दैलेख । जिल्लाको भैरवी गाउँपालिकामा अविरल बर्षातले घर भत्किदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार विहाना १०ः३० बजेको समयमा अविरल वर्षाको कारण यस भैरबी गाउँपालिकाको वडा नं.  २ रावतकोट बालेसैनि स्थित जय बहादुर थापाको ढुङ्गा माटोले बनेको २ (दुई) तले कच्ची घरको अगाडी पट्टीको बरन्डा भत्किदाँ उनकी ६३ बर्षिया श्रीमती लक्ष्मी थापा घाइते भएको र उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए ।उनका, अनुसार प्रहरीले घटना स्थलको प्रारम्भिक अनुसन्धान भइरहेको बताए ।

Next Post

प्रधानमन्त्रीमा दाबी पेश गर्ने देउवाको तयारी

७ जेष्ठ २०७८, शुक्रबार १५:०९
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गर्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् । कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा […]

सम्बन्धित समाचार