नाउपा बैठकमा रेशम–रन्जिता पक्षबीच हातपात

कर्णाली दृष्टि संवाददाता १९ चैत्र २०८०, सोमबार २२:१६

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेताहरुबीच सोमबार बैठकस्थलमै हात हालाहाल भएको छ । अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको संस्थापक केन्द्रीय समिति बैठक भइरहेका बेला नेताहरुबीच हात हालाहाल भएको हो ।

नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि पार्टीमा रञ्जिता श्रेष्ठकै अध्यक्षतामा रहेको २१ जना केन्द्रीय सदस्यहरूको संस्थापक केन्द्रीय समिति नै आधिकारिक छ । तर रेशम पक्षका नेताहरुले सबैलाई समेटेर लानुपर्ने भन्दै विवाद गरेपछि हात हालाहालको अवस्था आएको नेता रामलाल डगौरा थारूले बताए ।

‘संस्थापकहरूको बैठक बसिरहेका थियौं । २१ जना मात्रै होइन, महाधिवेशनबाट निर्वाचित सबैलाई समेटेर लैजानुपर्छ भन्‍ने बहस भइरहँदा हात हालाहालको स्थिति आयो’, उनले भने ।

उनका अनुसार रेशम चौधरी पक्षका नेताहरुलाई समेटेर लैजान खोज्दा रञ्जिता पक्षका नेताहरुले नमानेका कारण विवाद भएको हो । रामलालले भने, ‘यसरी त पार्टी कसरी चल्छ रु’

सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा रेशम पक्षका नेताहरू सहभागी छन् भने रन्जिता पक्षका नेताहरू त्यसको विपक्षमा रहदै आएका छन् ।

Next Post

कर्णाली सरकारको नेतृत्व एमालेले गर्ने केन्द्रको सहमति

१९ चैत्र २०८०, सोमबार २२:१६
काठमाडौं । कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले गर्ने भएको छ । सोमबार काठमाडौंमा बसेको सत्ता गठबन्धनको बैठकमा पहिलो चरणमा कर्णालीको नेतृत्व एमालेले गर्ने सहमति जुटेको हो । बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, स्वास्थ्यमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष […]

सम्बन्धित समाचार