भागरथीभट्टको बलात्कार र हत्याबारे बुझ्न कांग्रेसले नेता खटायो

कर्णाली दृष्टि संवाददाता ३० माघ २०७७, शुक्रबार १७:५४

काठमाडौं । नेपाली कांग्रेसले बैतडीकी भागरथी भट्टको बलात्कार र हत्याबारे अध्ययन गरी प्रतिवेदन बुझाउन पार्टी नेतालाई खटाएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार स्थलगत अध्ययन गरी लिखित प्रतिवेदन पेश गर्न र स्थानीय तथा परिवारसँग भेट गर्न केन्द्रीय सदस्य रमेश लेखकलाई पठाइएको हो । उनी शुक्रबार नै बैतडी पुग्दैछन् ।

घटना भएको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नुले परिवारजनले पिडामाथि पीडा थप्ने काम भएको कांग्रेसले बताएको छ । साथै अनुसन्धान तीब्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न र देशभरका सबै घटनाविरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन प्रधानमन्त्री समक्ष माग गरेका छन।

Next Post

भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने दिनेश भट्ट पक्राउ

३० माघ २०७७, शुक्रबार १७:५४
काठमाडौं :बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनी अध्ययन गर्ने विद्यालयका एक विद्यार्थी पक्राउ परेका छन् । सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो । भागरथी यही विद्यालयको कक्षा १२ मा पढ्थिन र माघ २१ गते बुधबार […]