राष्ट्रिय सभा चुनाव : मौन अवधि सुरु

कर्णालीदृष्टी संवाददाता १० माघ २०७८, सोमबार १८:३३

काठमाण्डाै – पर्सि १२ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावका लागि मौन अवधि सुरु भएको छ । चुनावको मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्छ । एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाइने आयोगले प्रष्ट पारेको छ ।

आयोगले मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएको हुँदा आचरणहरु पालना गर्न/गराउन सबैसँग अनुरोध गरेको छ ।

राष्ट्रिय सभामा आउँदो फागुन २० गते रिक्त हुने १९ पदका लागि चुनाव हुन लागेको हो ।

Next Post

जिल्ला प्रशासन कार्यालय बर्दीयामा ५ दिनसम्म सेवा प्रभावित

१० माघ २०७८, सोमबार १८:३३
बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले माघ १५ गतेसम्मका लागि अत्यावश्यक (शान्ति सुरक्षा) बाहेकका सेवा स्थगित गरेको छ । कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीसहितका धेरैजसो कर्मचारी कोरोना सङ्क्रमित भएपछि माघ १५ गतेसम्मका लागि सेवा प्रवाह स्थगित गरिएको कार्यालयका प्रशासकीय अधिकृत नारायण ढकालले जानकारी दिनुभयो । सोमवार गरिएको कोरोना परीक्षणमा सहायक […]