सल्यानमा जंगलको आगो गाउँमा जादा ८ घरगोठ जलेर नष्ट

कर्णालीदृष्टि संवाददाता २२ बैशाख २०८१, शनिबार ०७:४०

सुर्खेत। सल्यानको छत्रेश्वरी गाउँपालिका–५, मा जंगलमा लागेको आगो हावाहुरीका कारण गाउँमा पस्दा ८ वटा घरगोठ जलेर नष्ट भएका छन् । बुधबार दिउँसो महेन्द्र बहुमुखी सामुदायिक वनमा लागेको आगो एक्कासि गाउँमा पुगेको थियो ।

प्रहरीका अनुसार ५ दियार गाउँमा ५ घर र ३ गोठ जलेर पूर्ण रूपमा नष्ट भएका छन् । सल्यान प्रहरीका अनुसार दियारगाउँका स्थानीय थल बहादुर घर्तीको कच्ची घर, मोहन वलीको २ वटा कच्ची घर, टोकाराम वलीको कच्ची घर, प्रेम वलीको कच्ची घर तथा सर–सामानहरू जली पूर्ण रूपमा नष्ट भएको छ ।

सोही ठाउँका स्थानीय धन बहादुर घर्ती, शेर बहादुर वली र खुम बहादुर वलीको गोठ पनि जलेर पूर्ण रूपमा नष्ट भएको छ । आगलागीका कारण केही बस्तुभाउ समेत जलेर मरेका छन् ।

Next Post

दैलेखकाे नौमुलेमा चट्याङ लागेर पाँचजना घाइते

२२ बैशाख २०८१, शनिबार ०७:४०
सुर्खेत । दैलेखमा चट्याङ लागेर पाँचजना घाइते भएका छन्। बुधबार जिल्लाको नौमुले गाउँपालिका वडा नम्बर ६ मा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा दिउँसो परेको चट्याङले घाइते भएका हुन्। घाइते हुनेहरूमा शिवशक्ति माध्यमिक विद्यालय कक्षा ५ मा अध्ययनरत छात्र बर्ष ९का विश्व बिकास रावत, बर्ष ९ का यामबहादुर चन्द कक्षा ७ मा […]