
सुर्खेत :सुर्खेतमा थप एक जनाको मृत्यु भएसंगै कोरोना संक्रमण (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या कर्णाली प्रदेशमा ४९ पुगेको छ । शनिबार सुर्खेतको गुर्भाकोट नगरपालिका १३ का ३५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिएकाछन ।पौडेलका अनुसार मृतक पुरुषको शनिबार विहान १२ः३६ बजे उपचारको क्रममा मृत्यु भएको हो ।


