कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुग्यो

कर्णाली दृष्टि संवादाता १८ बैशाख २०७८, शनिबार १२:०१

सुर्खेत :सुर्खेतमा थप एक जनाको मृत्यु भएसंगै कोरोना संक्रमण (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या कर्णाली प्रदेशमा ४९ पुगेको छ । शनिबार सुर्खेतको गुर्भाकोट नगरपालिका १३ का ३५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिएकाछन ।पौडेलका अनुसार मृतक पुरुषको शनिबार विहान १२ः३६ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

Next Post

पछिल्लो २४ घण्टामा देशभर, एकैदिन ५,७६३ जनामा संक्रमण पुष्टि: १९ जनाको मृत्यु

१८ बैशाख २०७८, शनिबार १२:०१
काठमाडौं :पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १४ हजार ४०३ जनाको पीआर परीक्षण गर्दा ५ हजार ७०६ जना र ५६६ नमुनाको एन्टीजेन परीक्षण गर्दा ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । […]