कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीका लागि नयाँ परीक्षा तालिका सार्वजनिक

चक्र प्रसाद पोख्रेल ११ पुष २०७७, शनिबार ०९:४९

काठमाण्डौ :कोरोनाको कारण कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीले आउँदो १६ गतेदेखि परीक्षा दिन पाउने भएका छन् ।राष्ट्रिय परीक्षा बोर्डले कोरोनाको कारण यसअघि परीक्षा दिन नपाएका विद्यार्थीलाई फेरि परीक्षा दिन पाउने गरी तालिका सार्वजनिक गरेको हो । पुस १६ गतेदेखि सम्बन्धित विद्यालयमै मौका परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा गएको मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो ।

कोरोना महामारीका कारण कतिपय विद्यार्थी परीक्षामा सामेल हुन सकेका थिएनन् । सबै वा केही विषयको परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीलाई सम्बन्धित विद्यालयमा सञ्चालन हुने परीक्षामा सहभागी हुन बोर्डले आग्रह गरेको छ । आ–आफ्नो मातहतमा रहेका विद्यालयहरुलाई जानकारी गराउन बोर्डले प्रदेश परीक्षा व्यवस्थापन कार्यालय एवं शाखा कार्यालयहरुलाई निर्देशन दिएको छ ।

 

Next Post

फ्रान्समा कोरोनाको नयाँ प्रजाति फेला :बेलायतबाट गएका एक व्यक्तिमा सङ्क्रमण पुष्टि

११ पुष २०७७, शनिबार ०९:४९
काठमाण्डौ :फ्रान्समा पनि कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको छ ।डिसेम्बर १९ अर्थात् गएको पुस ४ गते बेलायतबाट फ्रान्स गएका टुअर्स सहरका एक व्यक्तिमा नयाँ स्वरूपको कोरोना भाइरसको सङ्क्रमण देखिएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । ती व्यक्ति आइसोलेशनमा रहेका छन् । यसअघि बेलायत र दक्षिण अफ्रिकामा कोरोना भाइरसको […]