फ्रान्समा कोरोनाको नयाँ प्रजाति फेला :बेलायतबाट गएका एक व्यक्तिमा सङ्क्रमण पुष्टि

चक्र प्रसाद पोख्रेल ११ पुष २०७७, शनिबार १०:०२


काठमाण्डौ :फ्रान्समा पनि कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको छ ।डिसेम्बर १९ अर्थात् गएको पुस ४ गते बेलायतबाट फ्रान्स गएका टुअर्स सहरका एक व्यक्तिमा नयाँ स्वरूपको कोरोना भाइरसको सङ्क्रमण देखिएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । ती व्यक्ति आइसोलेशनमा रहेका छन् । यसअघि बेलायत र दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ प्रजाति भेटिएको थियो ।

बेलायत र दक्षिण अफ्रिकामा फेला परेको कोरोनाको नयाँ सङ्क्रमण पहिलेको भन्दा निकै घातक रहेको बीबीसीले जनाएको छ । कोरोना भाइरसविरुद्धका खोपहरु प्रयोग भैरहेका बेला नयाँ प्रजातिको भाइरस अझ खतरनाक बनेर फैलिन थालेपछि अन्तर्राष्ट्रिय चासो र चिन्ता बढेको छ ।

नयाँ भाइरस कोरोना भाइरसभन्दा ७० प्रतिशत बढी फैलिन सक्ने स्वास्थ्य विज्ञले बताउँदै आएका छन् । बेलायतमा नयाँ भाइरस देखिएपछि विभिन्न देशले उच्च सर्तकता र लकडाउन समेत गरेका छन् ।

Next Post

सानी पुतली( बाल कविता)

११ पुष २०७७, शनिबार १०:०२
सानी सानी पुतलीको , कस्तो राम्रो बानी । साथिसंगै मिलिवस्ने, क्स्तो राम्रो बानी ।। फुलबारीमा बस्ने तिम्रो, कस्तो राम्रो काम । फुलबारीमा घुमीघुमी, जुटाउछौ माम ।। हेर्दा खेरी कति सानी, देख्दा अति राम्री । चारैतिर देख्न सक्ने , तिम्रो राम्रो बानी ।। फुलको रस खाना भनि, चुस्दै चुस्दै बस्छयौ । […]