वृद्धभत्ता पाउने न्यूनतम उमेर ७० वर्ष पु¥याउने कार्ययोजना स्वीकृत, राष्ट्रिय परिचय पत्र अनिवार्य गरिने

कर्णालीदृष्टि संवाददाता ११ जेष्ठ २०८२, शनिबार १९:३९

काठमाण्डौ । सरकारले वृद्धभत्ता पाउने न्यूनतम उमेर बढाउने कार्ययोजनालाई स्वीकृत गरेको छ ।, पूर्व सचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदनअनुसार वृद्धभत्ता पाउने उमेर ७० वर्ष पु¥याउने र भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने कार्ययोजनालाई अघिल्लो महिना वैशाख पहिलो हप्ता बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।

त्यसअनुसार वृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम गर्ने कार्ययोजनामा उल्लेख छ । यसअघि वृद्धभत्ता पाउने उमेरलाई ६८ वर्षमा झारिएको थियो ।

त्यसअनुसार सरकारले अहिले ६८ वर्ष उमेर पुगेका सबै ज्येष्ठ नागरिकलाई मासिक चार हजार रूपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ । यस्तै कार्ययोजनामा योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा फराकिलो बनाइने उल्लेख छ ।

Next Post

डोल्पाको त्रिपुराकोटबाटै धमाधम राष्ट्रिय परिचयपत्र वितरण

११ जेष्ठ २०८२, शनिबार १९:३९
डोल्पा । डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र त्रिपुराकोटबाटै धमाधम राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । घर आँगनबाटै सेवा दिने उद्देश्यले नगरपालिकाको केन्द्रबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ । सेवा सुरु गरेको १० दिनमै ४ सय ५२ जनाले परिचयपत्र लिएका छन् । सामाजिक सुरक्षा भत्ता, बैंक खाता […]