संसद विघटन विरुद्ध नेपाली काग्रेसको दैलेखमा प्रदर्शन

कर्णालीदृष्टि
चक्र प्रसाद पोख्रेल १३ पुष २०७७, सोमबार २१:१७


दैलेख :दसंसद विघट्नको विरोधमा आज प्रमुख प्रतिपक्षदल नेपाली काङ्ग्रेसले दैलेख सहित देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ ।नेपाली काङ्ग्रेस दैलेखले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निरङकुस कदम विरुद्ध निर्वाचन क्षेत्र नं. १ को दैलेख सदरमुकाम र क्षेत्र नं. २ को दुल्लुमा विरोध प्रदशन गरेको हो ।

दुई वटै निर्वाचन क्षेत्रमा भएको प्रदशन सहितकि सभालाई दैलेखका जिल्ला स्तरीय नेताहरुले सम्बोधन गरेका थिए ।सम्वोधनका क्रममा दैलेख क्षेत्र न १ का जिल्ला सभापति कृष्ण कुमार बिसीले ओली सरकारको संसद विघटन गर्ने कार्य असबैधानिक र अलोकतान्त्रिक भएको उल्लेख गरे यसैगरी क्षेत्रीय सभापति गणेशप्रसाद उपाध्ययले संसद विघटन सर्वसत्तावाद र भ्रष्टाचारको विरोध तथा लोकतान्त्रिक संविधान र रक्षाको पक्षमा विरोध प्रदर्शन गरेको बताए तेस्तै नेपाली काङ्ग्रेस दैलेख पुर्व सभापति जगतजंग थापा, क्षेत्रीय सभापति मन्जु पाण्डे,युवा नेता विनोद श्रेष्ठ लगायतले सवोधन गरेका थिए ।

 

Next Post

सरकार र उखु किसानबीच ४ बुँदे सहमति :२१ दिनभित्र पैसा पाउने गरी आन्दोलन स्थगित

१३ पुष २०७७, सोमबार २१:१७
काठमाण्डौ :सरकार र आन्दोलनरत किसानबीच चार बुँदे सहमति भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको सहमतिअनुसार किसानले चिनी उद्योगीबाट २१ दिनभित्र ६५ करोड रुपैयाँ भुक्तानी पाउने छन् । २१ दिनभित्र भुक्तानी नभएमा मन्त्रालयले सबै उद्योगको सम्पत्ति रोक्का राख्ने र किसानको पैसा उपलब्ध गराउन पहल गर्ने सहमति भएको मन्त्रालयकी […]