आज श्रीपञ्चमी पर्व मनाइँदै

कर्णालीदृष्टी संवाददाता २३ माघ २०७८, आईतवार ०९:२६

दैलेख । आज माघ शुक्ल पञ्चमी, विद्याका अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी श्रीपञ्चमी पर्व मनाइँदै छ ।

विद्या र सिर्जनाका देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्ने गर्छन् ।

सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । सूर्य उत्तरतिर लागेर दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।

आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ ।

यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्ने पनि चलन रहेको छ ।

Next Post

कर्णाली प्रदेशमा पाँच मन्त्री नियुक्त

२३ माघ २०७८, आईतवार ०९:२६
सुर्खेत । कर्णाली प्रदेशमा पाँच मन्त्री नियुक्त भएका छन् । नवनियुक्त पाँच मन्त्रीले आइतवार बेलुकी प्रदेश प्रमुख तिलक परियार समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन । कर्णालीमा तीन दलीय गठबन्धनको सरकार गठन भएको तीन महिनापछि थप पाँच मन्त्री नियुक्त भएका हुन् । नेपाली कांग्रेसबाट कात्तिक १६ गते जीवनबहादुर शाही […]