काठमाडौं । नेपालमा गत २४ घण्टामा ८ हजार कोरोना संक्रमित थपिएका छन् । २१ हजार ८ सय ८ नमुना परीक्षण गर्दा ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यो अवधिमा ५ हजार २ सय ९२ जना संक्रमणमुक्त भएका छन् भने १५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ९० हजार ५ सय ७६ पुगेको छ ।
जसमध्ये ८८ हजार ६ सय ४२ जना होम आइसोलेसनमा छन् भने १ हजार ९ सय ३४ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २ सय ५७ जनाको आइसियु र ४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।