माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा शुल्क लाग्ने

मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवाबापतको शुल्कबारे ग्राहकलाई जानकारी गराएर मात्रै लिनुपर्ने

चक्र प्रसाद पोख्रेल २४ पुष २०७७, शुक्रबार ०७:३१

काठमाडौं :कोरोना महामारीको असरका कारण गत चैतको दोस्रो साताबाट अन्तर एटिएम कारोबारमा निःशुल्क रहेकोमा आगामी माघ १ गतेदेखि एक बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ ।

राष्ट्र बैंकले आज भुक्तानी सम्बन्धी एक निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लाग्ने व्यवस्था गरेको होे । तर महिनामा दुई पटक मात्रै प्रयोग गर्दा भने निःशुल्क गर्नुपर्ने व्यवस्था मिलाउन बैंकहरुलाई निर्देशन दिएको छ ।

दुई पटकभन्दा बढी कारोबार गरेमा प्रति कारोबार २० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने राष्ट्र बैंकले व्यवस्था गरेको छ । यस अघि राष्ट्र बैंकले निर्देशन नै जारी गरि अर्को व्यवस्था नभएसम्मका लागि अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन नपाउने व्यवस्था गरेको थियो । विहिवार निर्देशन जारी गर्दै यसअघि अधिकतम शुल्क तोकिएको थिएन तर अहिले शुल्कको अधिकतम सीमा प्रतिकारोबार २० रुपैयाँसम्म लिन पाउने राष्ट्र बैंकले तोकिदिएको छ ।
त्यस्तै मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवाबापतको शुल्कबारे ग्राहकलाई जानकारी गराएर मात्रै लिनुपर्ने राष्ट्र बैंंकले जनाएको छ ।

Next Post

शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गर्ने ट्रम्पको प्रतिबद्धता

२४ पुष २०७७, शुक्रबार ०७:३१
काठमाडौं :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः गत नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडनको जित स्वीकार गरेका छन् । बिहीबार उनले बाइडन अमेरिकाको राष्ट्रपति बन्ने र आफ्नो ध्यान शान्तिपूर्णरुपमा शक्ति हस्तान्तरण गर्नु रहेको बताएका हुन् ।सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो सन्देश राख्दै उनले यस्तो बताएका हुन् । बुधबार ट्रम्पका समर्थकहरुले निर्वाचनमा धाँधली […]