निर्वाचन आयोगद्वारा मतपत्र डिजाइनका लागि दरखास्त आह्वान

कर्णालीदृष्टी संवाददाता २३ माघ २०७८, आईतवार ०७:००

काठमाण्डौ । निर्वाचन आयोगले चुनावलाई लक्षित गरी मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ । आयोगले एक सूचना प्रकाशित गरेर मतपत्र, लोगो, निर्वाचन चिन्ह तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनका लागि दरखास्त मागेको हो ।

निर्वाचनको समयमा आयोगले तोकेको अवधिमा काम गर्न चाहने इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि ५ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

आवेदन आयोगको कार्यालय वा आयोगको इमेलमा दर्ता गर्न सकिने भनिएको छ । निवेदनको ढाँचा आयोगको मतदाता नामावली तथा निर्वाचन संकलन शाखा वा वेबसाइटबाट प्राप्त गर्न सकिने बताएको छ ।

मान्यता प्राप्त गरेका विश्वविद्यालयबाट चित्रकला र ग्राफिक डिजाइनमा कम्तिमा स्नातक तह उत्तिर्ण गरेको, दृष्टान्त चित्र र ग्राफिक डिजाइन सम्बन्धी कम्तिमा दुई वर्षको अनुभव भएको, रेखा चित्र तथा रङ्गिन चित्र तयार गर्ने सम्बन्धी दक्षता भएको र नेपाली टाइप गर्नसक्ने र मुद्रण तथा प्रि प्रेस सम्बन्धी जानकारी भएकाले आवदेन दिन सक्ने आयोगले जनाएको छ ।

Next Post

हिमपातले व्यवसायीक केरा खेती नष्ट हुदा टाकुरीका किसानहरु चिन्तीत

२३ माघ २०७८, आईतवार ०७:००
दैलेख । हिमपातले व्यावसायीक केरा खेती नष्ट गरेपछि दैलेखको महावू गाउपालीका ६ टाकुरीका कृषहरु चिन्तीत भएका छन । बिहीबारदेखी शुक्रबार राती अबेरसम्म परेको झरी र भएको हिमपातले व्यवसायीक रुपमा गरेको केरा खेतीमा क्षती पुर्याउदा आफुहरु चिन्तीत भएको किसान दिर्ग बहादूर थापा मगरले बताउनुभयो । उहाका अनुसार केही बर्षअघीदेखी व्यवसायीक रुपमा […]

सम्बन्धित समाचार