दैलेखमा डेढ करोडभन्दा बढी ठगी गरेको आरोपमा सुनसरीकि विद्या सरकार पक्राउ

इटहरी उपमहानगरपालिका–४, सुनसरीकी २४ वर्षीया विद्या शर्मा नाम बताउने विद्या सरकार पक्राउ

चक्र प्रसाद पोख्रेल २३ पुष २०७७, बिहीबार २१:२२


सुर्खेत:समाजसेवाको नाममा ठगीको धन्दा चलाएको आरोपमा एक युवती पक्राउ परेकी छन् । इटहरी उपमहानगरपालिका–४, सुनसरीकी २४ वर्षीया विद्या शर्मा नाम बताउने विद्या सरकार पक्राउ परेकी हुन् ।
उनलाई बिहीबार दैलेख प्रहरीले सार्वजनिक गरेको छ । दैलेख प्रहरीको समन्वयमा महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले ती युवतीलाई पक्राउ गरेको हो ।
आफूलाई अभियन्ता र समाजसेवीका रूपमा चिनाउँने विद्या केही समयअघि कोरोना महामारीका बेला दैलेखसम्म पुगेर राहत वितरण गरेकी थिइन् ।
दैलेखको नारायण नगरपालिकामा आएकी उनले आफू अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटीको नेपाल प्रमुख (सीईओ)हुँ भन्दै विभिन्न ठगी सम्वन्धिका गतिविधी गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

डीएसपी श्रेष्ठका अनुसार उनले कहिले मृतात्माको शान्तिको लागि, कहिले सामाजिक सेवा र अभियानको निम्ति भनेर धेरै मानिसहरूबाट पैसा उठाएर मानिसहरूलाई पीडित बनाएकी छन् ।
लकडाउनका बेला गत असारमा दैलेख आएकी विद्याले आफनो संस्थाले स्थानीय तहमा स्वास्थ्य सामग्री र राहत बाँड्ने जिम्मा आफूलाई दिएको भन्दै केही स्थानीय तहमा स्वास्थ्य सामग्री र खाद्यान्न वितरण गरेकी थिइन् ।

उनले स्थानीय तहको समुन्वयमा स्वास्थ्य सामग्री, त्रिपाल, सेनिटाइजर, मास्क, पन्जा र खाद्यान्न वितरण गरेकी थिइन् ।आफ्नो अमेरिकाको लागि भिसा लागेको र आफूले ८/१० जना युवालाई अमेरिका पठाउन सक्छु भन्दै युवालाई प्रलोभन देखाएको पाइएको डीएसपी श्रेष्ठ बताउँछन् ।

प्रलोभन देखाएर उनले कात्तिक १४ गते नारायण नगरपालिका–१, नयाँबजारका मनोज थापालाई बैंकमार्फत ९० हजार रुपैयाँ जम्मा गर्न लगाएर ठगी गरेको उजुरीसमेत प्राप्त भएको दैलेख प्रहरीले जनाएको छ । त्यस दिनदेखि मनोजसँग विद्या सम्पर्कविहीन भएकी थिइन् ।

उनले नारायण नगरपालिका–१, का २८ वर्षीय विवेक थापालाई पनि अमेरिका पठाउने प्रलोभनमा पारी वैशाख ३१ गतेदेखि असोज १८ गतेसम्म ५२ लाख १४ हजार दश रुपैयाँ पठाउन लगाएर सम्पर्कविहीन भएकी थिइन् ।

ठगी कसुरअन्तर्गत विवेकको जाहेरी दरखास्त परेपछि प्रहरी अदालतबाट पुस ९ गते पक्राउ अनुमति पाएको थियो ।प्रहरीका अनुसार दुईवटा मात्र उजुरी दर्ता भए पनि धेरैजनालाई समाज सेवा र अमेरिका लैजाने प्रलोभनमा करिब दुई करोडभन्दा बढी ठगेको अनुमान गरिएको छ ।
राहत वितरणकै लागि भनेर विभिन्न व्यापारिक संस्थाबाट सामान लिएको तर पैसा नदिएको मौखिक गुनासो प्रहरीमा छ ।

Next Post

गजल- सलामी निद्रोष

२३ पुष २०७७, बिहीबार २१:२२
तिम्रो त विहे भा रैछ, भनिनौ किन अर्कैले सिन्दुर ला रैछ, भनिनौ किन तिमिलाई सुख दिन सहर बसालेर धन कमाउन गा रैछ, भनिनौ किन इज्जत कलमको निममा हुन्छ भन्ने तिम्लाई नि था रैछ, भनिनौ किन पछि कल गर्छु भन्दै फोन राख्छौ तिम्रो मान्छे आ रैछ, भनिनौ किन तिम्ले मैले गरेका […]