स्याउका विरुवा निर्यात गर्दै जुम्लाका किसान

कर्णालीदृष्टी संवाददाता ९ फाल्गुन २०७८, सोमबार १६:५७

जुम्ला। जुम्लामा उत्पादित स्याउका बिरुवा बाहिरी जिल्लामा निर्यात हुन थालेको छ । कृषि विकास कार्यालय जुम्लाको बागवानी शाखाकी प्रमुख सुष्मा बुढाका अनुसार जुम्ला उत्पादित स्याउका विरुवा बझाङ, बाजुरा, दैलेख, अछामा, अर्घाखाँची, हुम्ला‚ कालीकोट र जाजरकोटसम्म निर्यात हुने गरेको जानकारी दिनुभयो ।

बाहिर जिल्ला निर्यात गर्दा कुनै समस्या नहोस् भनी कार्यालयले सिफारिस दिने गरेको उहाले बताउनुभयो । यस वर्ष ४९ हजार स्याउ र ओखरका विरुवा निर्यात भएको जानकारी दिनुभयो ।

चन्दननाथ नगरपालिका–८ का हरिबहादुर रोकायाले यस वर्ष २४ हजार वटा विरुवा बेच्नुभएको छ । उहाले हुम्लाका लागि ११ हजार र बजुराका लागि १३ हजार वटा बिरुवा बेचेको जानकारी दिनुभयो ।

उहाले हवाइजहाजबाट जुम्लाबाट नेपालगञ्ज र नेपालगञ्जबाट हुम्लाको सिमकोटसम्म बिरुवा पठाउने गरेको बताउनुभयो । यसरी पठाउँदा एउटा बिरुवाको ७७ रुपैयाँसम्म पर्ने गरेको रोकायले जानकारी दिनुभयो ।

Next Post

प्रावि तहका शिक्षकको परीक्षा केन्द्र तोकियो

९ फाल्गुन २०७८, सोमबार १६:५७
काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको खुला (सामान्य) प्रतियोगितात्मक लिखित परीक्षा केन्द्र सञ्चालन हुने जिल्ला निर्धारण गरेको छ । आयोगले आगामी चैत १९ गते सञ्चालन हुने प्रथम पत्रको लिखित परीक्षा केन्द्र सञ्चालन हुने जिल्ला आइतबार निर्धारण गरेको हो । आयोगले सात वटै प्रदेशका विभिन्न २० जिल्लामा परीक्षा केन्द्र तोकेको […]