प्रत्यक्ष जनसेवा नगरेको मान्छे नेता हैन :भिम उपाध्याय

भिम उपाध्याय २४ पुष २०७७, शुक्रबार २१:४१


पाकिस्तानका प्रधानमन्त्री ईमरान खानले आफै चन्दा संकलन गरेर पाकिस्तानमा पहिलो पटक आफ्नी आमा स्व शौकत खानको नाममा सन् ९० ताका उहिल्यै नै पहिलो आधुनिक सुबिधासम्पन्न क्यान्सर अस्पताल खोलेका हुन्। ईमरानकी आमाको क्यान्सरबाट निधन भएको थियो। अहिले उनको आमाको नाममा २ वटा क्यान्सर अस्पताल छन्। ती अस्पतालमा क्यान्सरका विपन्न बिरामीको निशुल्क उपचार गरिन्छ, ७०-३०% को अनुपातमा ! ३०% पैसावालले शुल्क तिर्छन् ७० % गरिब बिपन्नले हुनेखानेले तिरेको त्यो शुल्कबाट उपचार सुबिधा पाउछन्।
हामीलाई पनि यस्ता कामकाजी प्रत्यक्ष जनसेवक नेताहरू चाहिएको हो। आफ्नो कमाईको ५ पैसा पनि यी नेताले दान दिएको देखिदैन। यी परजीबी लुटेरा हुन्, नेता हुन सक्दैनन्।
यहॉ त राज्यको ढुकुटी नंगदाह्रा गाडेर आफ्ना कार्यकर्तालाई कनिका बॉडेजस्तो पैसा बाड्ने र जनताको राजश्वमा खुरी खेलेर मैले नै सबै यो यो गरेँ भन्ने फटाहा लुटाहा शोषक चुसक नेताहरूबाट मुक्ति चाहिएको छ।
जनताका लागि ईमरान खान वा भुटानका प्रम डा लोटे जस्तो के के सेवा तिमीहरूले गरेका छौरु अनि हामीले तिमीहरुलाई किन नेता मान्ने भनेर जनताले अब ठाउँका ठाउँ सोध्नुपर्छ।
हाम्रै तिरोमा लुट मच्चाउने अनि हाम्रो सेवा गरेँ भन्नेहरू महाफटाहा नेताहरू हुन्। अब जनता सचेत हुनुपर्छ यस्ता फटाहा परजीबी चुसकहरूबाट।

के भएको हो यस्तो हाम्रो देशमा गाउँ गाउँमा किड्नी र क्यान्सरका रोगीहरू यति साह्रो बढ्दै किन गएको होलान्रु सरकारले केही किन नगरेको होलारु क्यान्सर उपचारका गर्ने नाममा खुलेका दर्जन जति अस्पतालहरूले खासै गरिबलाई हेरेको, राहत दिएको देखिएन। क्यान्सर उपचारका लागि भनेर सरकारले चुरोटमा कर लगाएको छ।
बिरामीहरूले रू २०/३० लाख नभई उपचार नै हुन नसक्ने भनेर याचना गरिरहेका छन्। मलाई दिनहुँ त्यस्ता रोगीका लागि सहयोग गरिदिनुपर्यो भनेर एक दर्जन जति अनुरोध आईरहेका हुन्छन्। जनताबाट चन्दा वा आर्थिक सहयोगकै भरमा यसरी यस्ता जटिल खर्चिला बिरामीहरूको उपचार गर्न सजिलो र संभव हुदैन र छैन। स्थानीय सरकारहरूले कमसे कम आफ्नो क्षेत्रका ५ जना यस्ता बिरामीलाई सहयोग गर्ने फण्ड खडा गरेमा देशभरिका ७५३ स्थानीय सरकार प्रत्येकले वर्षको रू ५० लाख फण्ड जम्मा गरेर गरिब विपन्न परिवारका क्यान्सर र मृगौला विरामीको उपचार गर्ने योजना लागू गर्न थाल्नुपर्यो। संघीयताको लाभ जनताले पाउन नसकिरहेको हालको गुनासोका बीचमा कमसे कम यस्ता कामले जनताको मन र चित्त बुझ्ने हुन सक्छ। काम गरेर हो राजनीतिक ब्यवस्था स्थिर, प्रिय र फलदायी हुने। आपसमा सिंगौरी खेलेर, मल्लयुद्ध लडेर साईबर सेना होकि भौतिक सेना गठन गरेर हैन। त्यस्ता चर्तिकलाले त मुलुक र जनताको त बिनास मात्र निम्तन्छ, मुलुक झन् झन् पातालमा भास्सिन थाल्छ।
सार्क क्षेत्रमा मात्र हैन विश्वमा नै भुटान जनकल्याणकारी मुलुक हो। त्यहॉ सबैलाई सबै स्वास्थ्य र सबै शिक्षा निस्शुल्क हुन्छ, सरकारले नै खर्च बेहोर्छ। कसैलाई बिदेशमा उपचार गर्न वा उच्च शिक्षा पढ्न पनि सरकारले नै खर्च ब्यवस्था गरिदिन्छ।नेपालले किन गर्न सकेनरु हॉसेरै हसाएरै सबै जनता स्वस्थ भइन्छ भन्ने दर्शनमा सरकार चलेको हो ररु

Next Post

दुई जनासित प्रेम,धोका नदिन दुवैजनासँग एकै मण्डपमा विवाह

२४ पुष २०७७, शुक्रबार २१:४१
काठमाडौ:भारतको छत्तिसगढको बस्तरमा एक जनाले एकै पटक दुई जनासित विवाह गरेका छन् । यो विवाह अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । टिकरा लोहंगा गाउँमा विवाह सम्पन्न भएको हो । गाउँमा चन्दू मौर्य नाम गरेका युवाले एउटै मण्डपमा दुई जनासँग विवाह गरेका हुन् । मुरिया जनजातिका चन्दूले आफूले दुवै जनासित […]