कोरोनाको तेस्रो लहर आउने जोखिम रहेकाले सतर्क रहन चिकित्सकको आग्रह ।।

कर्णालीदृष्टी संवाददाता ९ कार्तिक २०७८, मंगलवार ०९:५२

काठमाण्डौ । नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमणको दरमा कमी आएपनि तेस्रो चरणको लहर आउन सक्ने जोखिम रहेको भन्दै चिकित्सकहरूले सचेत गराएका छन् ।

कोरोना महामारीको दोस्रो चरणको लहर अझै नसकिएको हुँदा र मृत्यु हुनेदर पनि शून्यमा नझरेकाले सचेत रहन चिकित्सकहरूले आग्रह गरेका हुन् ।

पछिल्लो समय मानिसहरूमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि परीक्षण नगराउने र जनस्वास्थ्यका मापदण्ड पालना नगरेको भन्दै तेस्रो लहरको जोखिम रहेको सशस्त्र प्रहरी अस्पताल बलम्बुका डा.रोशन कुमार झाले  बताउनुभयो ।

उहाँले दसैँको समयमा पनि कोरोना सङ्क्रमणको दरमा कमी नआएको र मृत्यु हुनेदर पनि शून्यमा झर्न नसकेकाले जोखिम कायमै रहेको बताउनुभयो ।

डा.झाले कोरोनाको तेस्रो लहरको जोखिम कायमै रहेकाले आवश्यक स्वास्थ्य सावधानी अपनाउन पनि आग्रह गर्नुभयो ।नेपालमा पछिल्लो समय दैनिक औसतमा ७ सयका दरले नयाँ सङ्क्रमित थपिने गरेका छन् भने १० जनाको मृत्यु हुनेको गरेको छ ।

Next Post

आज देशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना, चिसो बढ्न थाल्यो ।

९ कार्तिक २०७८, मंगलवार ०९:५२
काठमाण्डौ । आज देशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले देशका थोरै ठाउँमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगको केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले बादल लागेको ठाउँको मौसम […]

सम्बन्धित समाचार