आज विभिन्न कार्यक्रम गरि २ सय ९९ औँ पृथ्वी जयन्ती मनाइर्दै

कर्णाली दृष्टि संवादाता २७ पुष २०७७, सोमबार ०८:३८

काठमाडौं :आज पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ । लोकतन्त्रपछि सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती मनाउन छाडे पनि अनौपचारिक रुपमा विभिन्न कार्यक्रम हुने गरेका छन् । काठमाडौं, गोरखा, नुवाकोटलगायतका देशका विभिन्न ठाउँमा पृथ्वी जयन्तीको कार्यक्रम आयोजना गरिएको छ । नेपाली सेनाले दिउँसो काठमाडौको भृकुटीमण्डपमा विशेष कार्यक्रमको तयारी गरेको छ ।
सेनाले गोरखाबाट सुरु गरेको पदयात्रा पनि आजै सिंहदरबार अगाडि समापन गरिँदैछ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा गोरखाबाट काठमाडौसम्म हिँडेको बाटो हुँदै पदयात्रा गरिएको हो । वि.सं. १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाह १७९९ मा गोरखाका राजा बन्नुभएको थियो ।
पृथ्वीनारायण शाहले राजा बनेपछि सैन्यबलका साथै चातुर्य र कूटनीतिको सहयोगमा नेपाल एकीकरणको मूल जग बसाएको मानिन्छ । आधुनिक नेपाल निर्माणको जग बसाएको, दिव्योपदेशमार्फत राज्य सञ्चालनका लागि मार्गदर्शन गरेको लगायत योगदानका कारण स्मरण गर्ने गरिन्छ ।
देश विकास र समृद्धिका लागि सुशासन कायम गर्नुपर्ने, घुस दिने र लिने दुवै देशका शत्रु हुन्, नेपाल दुई ढुंगाबीचको तरुल हो, जाइकटक नगर्नु झिकिकटक गर्नु, खेतीयोग्य जमिनमा बस्ती नबसाउनु भन्ने दिव्योपदेशको मर्म अझै पनि उत्तिकै सान्दर्भिक रहेको इतिहासविद् दिनेशराज पन्तले बताए ।
पृथ्वीनारायण शाहको प्रशंसा र विरोधभन्दा पनि उहाँको योगदान र दिव्योपदेशको मनन गर्नु महत्त्वपूर्ण हुने उहाँको भनाइ छ । पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा नदिएको भन्दै आलोचना समेत हुँदै आएको छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी नारायण शाहको उपदेशले राष्ट्रिय आत्मनिर्भरता हासिल गर्नका लागि आवश्यक सीप र क्षमता विकास गर्नुपर्ने खाँचोलाई दर्शाएको उल्लेख गर्नुभएको छ । पृथ्वी जयन्तीको अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति भण्डारीले आजको दिनले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्थिरता र समृद्धिका लागि सबै नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन ।

 

 

 

Next Post

पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यतर्फ शोभा गौतम सर्वाधिक मत सहित विजय

२७ पुष २०७७, सोमबार ०८:३८
पोखराःपोखरा उद्योग वाणिज्य संघको ३३औं महाधिवेशनमा कार्यसमिति सदस्यतर्फ सर्वाधिक मत शोभा गौतमले प्राप्त गरेकी छन् । गौतमले १ हजार ७ सय मत प्राप्त गरेकी हुन् । उनले नारायण कोइराला प्यानलबाट उम्मेदवारी दिएकी थिइन् । गौतमले सुप्रिम सप्लायर्स,पुस्पान्जली फेसन एण्ड इभेन्ट प्रा।ली।,सफल एडभटाइजिङ प्रा।लि।,सृजन्शिल नमुना एग्रो फर्म र पुस्पान्जली हर्बल ब्युटी […]

सम्बन्धित समाचार