पछिल्लो २४ घण्टामा ८,६५९ मा कोरोना संक्रमण पुष्टि ५८ जनाको मृत्यु,

कर्णाली दृष्टि संवादाता २२ बैशाख २०७८, बुधबार १८:१३

काठमाडौं :पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८,६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८,६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८,६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० रहेको छ । बुधबारसम्म कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।

जसमध्ये ४७६४ जना संस्थागत आइसोलेसनमा र ६१ हजार ५८८ जना होम आइसोलेसनमा रहेका छन् । देशभर आईसीयूमा ६०० जना र भेन्टिलेटरमा १५६ जना उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १,९९३ रहेको छ । हालसम्म देशभर २ लाख ८९ हजार ७८३ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणबाट हालसम्म नेपालमा ३,४७५ जनाको मृत्यु भएको छ ।

Next Post

प्रधानमन्त्री ओलीले मागे कांग्रेससँग विश्वासको मत

२२ बैशाख २०७८, बुधबार १८:१३
काठमाडौं :पार्टीका नेताहरुसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतमा सहयोग मागेका छन् । तर कांग्रेसले सहयोग गर्न नसक्ने जवाफ दिएको थियो । एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल […]