पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यतर्फ शोभा गौतम सर्वाधिक मत सहित विजय

चक्र प्रसाद पोख्रेल २७ पुष २०७७, सोमबार १९:३२

पोखराःपोखरा उद्योग वाणिज्य संघको ३३औं महाधिवेशनमा कार्यसमिति सदस्यतर्फ सर्वाधिक मत शोभा गौतमले प्राप्त गरेकी छन् ।
गौतमले १ हजार ७ सय मत प्राप्त गरेकी हुन् । उनले नारायण कोइराला प्यानलबाट उम्मेदवारी दिएकी थिइन् ।
गौतमले सुप्रिम सप्लायर्स,पुस्पान्जली फेसन एण्ड इभेन्ट प्रा।ली।,सफल एडभटाइजिङ प्रा।लि।,सृजन्शिल नमुना एग्रो फर्म र पुस्पान्जली हर्बल ब्युटी पार्लर लगातत व्यावसाय अगाल्दै आएकिछ्न साथै उनी नेपाल विज्ञान संघ गण्डकी प्रदेशकी संयोजक,लायन्स क्लाब अफ पोखरा पुस्पान्जलीकी सस्थापक,शृजनशिल नेपालकी केन्द्रिय अध्यक्ष ,रेडियो कास्कीकी उपाध्यक्ष तथा मानवसेवा आश्रमकी अभिभावक भएर विभिन्न संस्थामा काम गरिरहेकीछ्न ।

गौतमले आफु सर्वाधिक मत प्राप्त गर्दै विजयी भएपछि सम्पूर्ण मतदातालाई आभार तथा कृतज्ञता ज्ञापन गरेकी छन् ।

Next Post

डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश

२७ पुष २०७७, सोमबार १९:३२
काठमाडौं :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको छ । डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेको हो ।महाअभियोग प्रस्तावमाथि बुधबार छलफल हुनसक्ने बीबीसीले जनाएको छ । ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाइएको छ । अमेरिकी संसद क्यापिटल हिलमा भएको आक्रमण पनि ट्रम्पकै उक्साहटमा भएको दाबी गरिएको छ […]