काठमाडौंको भद्रकालीमा चन्द्रागिरि यातायातको बस पल्टियो

चक्र प्रसाद पोख्रेल १ माघ २०७७, बिहीबार ०९:२५

काठमाडौं :रत्नपार्क–भद्रकाली सडकखण्डमा बा ३ ख ४४३७ नम्बरको एक यात्रुबाहक बस दुर्घटना भएको छ । भद्रकाली नजिकैको आकासे पुलनेर चन्द्रागिरि यातायातको बस बिहीबार बिहान ७ः५५ बजेतिर सडकमै पल्टिएको हो बसमा तीन जना सवार थिए । तर दुर्घटनामा चालक र एक जना बच्चा गरी दुई जना मात्रै घाइते भएका छन् । घाइते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ ।

बसमा सवार रहेका भनिएका अर्का एक व्यक्ति भने सम्पर्कमा छैनन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।बस दुर्घटनाको कारण खुलेको छैन । चालकले नियन्त्रण गुमाएर बस दुर्घटना भएको भनिएको छ ।व्यस्त सडकमा बस पल्टिएपछि सवारी आवागमन प्रभावित भएको छ । बसलाई सडकबाट हटाउने प्रयास जारी छ ।

Next Post

गायिका शान्ति श्री परियारको स्वर तथा सञ्चारकर्मी विना श्रेष्ठको निर्देशनमा नयाँ गीत“न्याय मरेको देश”सार्वजनिक (भिडियो सहित)

१ माघ २०७७, बिहीबार ०९:२५
काठमाडौं : राईज एण्ड साईन प्रा.लिको प्रस्तुतीम रश्मि शाक्यको गीत न्याय मरेको देश आज एक विशेष कार्यक्र गरेर सार्वजनिक गरिएको छ ।काठमाडौको कमलादीस्थीत राइजिङ मलमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ रहेका थिए भने अतिथिको रुपमा गायक सीताराम पोख्रेल,यमन श्रेष्ठ,लामा घ्याप्चो रिम्पोच्चे लगायतको उपस्थिती रहेको थियो ।गायीका […]