आकर्षक सुविधासहित एनसेल एपको नयाँ संस्करण

कर्णाली दृष्टि संवादाता ११ फाल्गुन २०७७, मंगलवार ०७:५१

काठमाडौं :एनसेल आजियाटा लिमिटेडले विविध थप सुविधासहित एनसेल एपको नयाँ संस्करण सञ्चालनमा ल्याएको छ । नयाँ संस्करण सञ्चालनमा ल्याएको उपलक्ष्यमा एनसेलले यो एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई एक जीबी डाटा निःशुल्क प्रदान गर्ने जनाएको छ । यो नयाँ संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनर्कल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने कम्पनीले जनाएको छ ।

यो संस्करण प्रयोग गर्ने एप प्रयोगकर्ताले अब सजिलै आफ्नो मोबाइलबाटै अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डाटा प्याक तत्कालै सुरु लगायत अरू कार्य गर्न सक्छन् । एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाँउदो सेवा, सुविधाहरूको सुझाव एपको मुख्य स्क्रिनमा नै पाउन सक्छन् । ग्राहकले एपको मुख्य स्क्रिनको तल्लो भागमा रहेको सप आइकनमा क्लिक गरी आफ्नो आवश्यकताअनुसारको डाटा र भ्वाइस प्याकहरू लिन सक्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी यस संस्करणमा एपमार्फत ग्राहकले गुनासो दर्ता, मासिक बिल र सेवा खपतको ट्रयाकिङलगायतका कार्य गर्न सक्छन् । यसमा सहज रूपमा सेवा खरिद गर्ने वा पहिले नै लिएको सेवा बन्द गर्न सकिने सुविधा पनि रहेको छ ।

यस नयाँ संस्करणबाट ग्राहकले एनसेलको सेवा, सुविधाहरू एउटै प्लेटफर्मबाट आफै स्वतःस्फूर्त रूपमा प्रयोग गर्न सक्छन् । एपमा ग्राहकले आफूलाई चाहिएको प्याक सजिलै फिल्टर गरी छान्न सक्ने सुविधा पनि रहेको र विना यूएसएसडी कोडको प्रयोग गरी सेवाहरू सुरु गर्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहक जहाँ भए पनि छिटो छरितो ग्राहक सेवाका लागि यो एप निकै सहयोगी हुने कम्पनीले विश्वास लिएको छ । एनसेलका ग्राहकले गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा गइ नयाँ संस्करणको एनसेल एप आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्छन् ।

Next Post

निजी जमिनमा भएका सालका रूख काट्न दिनुपर्ने एफ्फोनको माग

११ फाल्गुन २०७७, मंगलवार ०७:५१
काठमाडौँ :पारिवारिक निजी वन संघ (एफ्फोन) ले निजी जमिनमा हुर्काएका साल प्रजातिका काठ कटान, ओसार पसार तथा बिक्री वितरण खुला गर्न सरकारसँग माग गरेको छ । “यो बन्देज तुरुन्त फुकुवा गरी जनताको निजी सम्पत्तिमाथिको अधिकारको प्रत्याभूति गरियोस्”, अध्यक्ष जोगराज गिरीले विज्ञप्तिमा भनेका छन्, “निजी जमिनमा उत्पादन गरेका काठ तथा जडिबुटीजन्य […]