दैलेख: दैलेखको महाबु गाउँपालिकामा सोमबार दाहाल, नेपाल समुहले विरोध प्रदर्शन कार्यक्रम गरेको छ ।प्रधानमन्त्री के.पि. शर्मा वलिको असवैधानिक अलोकतान्त्रीक निरंकुश कु-का विरुद्ध दाहाल-नेपाल समूहले महाबुमा विरोध र्याली प्रदर्शन गरेका हुन। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष एवम जिल्ला कमिटी सचिवालय सदस्य, गाउँपालिका इन्चार्ज जंग बहादुर शाहीले गाउँ कमिटीको बैठक बसेर पार्टीका संगठनात्मक कार्यलाई अगाडि बढाउने, र पार्टीको व्यबस्था नभएकै कारणले आज सडक सडकमा विरोध र्यालीलि ल्याउन परेको बताए ।
कार्यक्रममा जिल्ला कमिटी सदस्य जगत हमाल, भद्र बहादुर दशौदी, खड्क सिंह , डम्बर थापा लगायतले प्रधानमन्त्रीले गरेको असवैधानिक कदमका विरुद्ध घोर आपत्ति जनाएका थिए। भने युवा नेता राजबहादुर शाही र बिद्यार्थी नेता विष्णु बि.सिले आफ्नो मन्तव्य दिएका हुन । कार्यक्रमलाई औपचारिक रुपमा युवा नेता प्रकाश राज थापाले संचालन गरेका थिए ।