अनेरास्ववियू दैलेखकोे संयोजकमा रोहीत लामीछाने मगर

कर्णालीदृष्टी संवाददाता २५ पुष २०७८, आईतवार ०७:३९

दैलेख । नेकपा एकिकृत समाजवादी पार्टी निकट बिद्यार्थी संगठन अनेरास्ववियू दैलखको संयोजकको जिम्मेवारी रोहीत लामीछाने मगरलाई प्रदान गरिएको छ ।

शनीबार दैलेख सदरमुकाममा आयोजित पार्टीको भेलाले अनेरास्ववियू केन्द्रीय कमिटी सचिवालय सदस्य समेत रहेका लामीछानेलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो ।

यस्तै भेलाबाट अनेरास्ववियू दैलेखको १२ औ जिल्ला सम्मेलन आगामी फागून ६ र ७ गते दैलेख सदरमुकाममा गर्ने निर्णय पनि भएको संयोजक लामीछानेले जानकारी दिनुभयो ।

१२ औ सम्मेलन सम्पन्न गर्नका लागी जिल्लाका सबै स्थानीय तहमा पालीकास्तरीय जिम्मेवारी समेत तोकीएको छ । पार्टीको स्थाई कमीटिसंग समन्वय गरी जिल्लामा रहेका माध्यामीक बिद्यालय, क्याम्पस र नगर तथा गाउकमीटि गठन गर्नका लागी ११ वटै स्थानीय तहका लागी संयोजक तोकीएको बताईएको छ ।

जसअनूसार आठबिस नगरपालीकाको लागी प्रेम बिक÷उमेश तिवारी, ठाटीकाध गाउपालीकाको लागी गणेशप्रसाद देवकाटा, चामुण्डा बिन्द्रासैनी नगरपालीका खेम शाही÷बिज्ञानराज कार्की, भैरवी गाउपालीकाका दलागी धर्मेन्द्र आचार्य,राजेश कंडेल र डेबीट अधिकारीलाई जिम्मेवारीदिईएको छ ।

यस्तै महाबू गाउपालीकाको लागी दिपक केसी÷लोकेश बुढा, दुल्लु नगरपालीकामा बिशाल कुमार योगी, नौमुले, भगवतीमाई र डुङ्गेश्वर नारायण नगरपालीकाको लागी रविन्द्र प्रसाद पाण्डे ÷बिशाल योगी, र गुराँस गाउपालीकाको लागी दिपेन्द्र बिसी लाई जिम्मेवारी दिएको संयोजक लामीछानेले जानकारी दिनुभयो ।

भेलामा एकिकृत समाजवादी पार्टीका प्रदेश कमीटि सदस्य तथा दैलेख जिल्ला अध्यक्ष बरुनाथ योगी, प्रदेश कमीटि सदस्य एवंम युवा बिद्यार्थी फाँट प्रमुख मायाराम अधिकारी, प्रदेश कमीटि सदस्य एवंम अनेरास्ववियू केन्द्रीय कमीटि सचिव एवंम प्रदेश संयोजक भुपेन्द्र बहादूर शाही, पार्टी प्रदेश सदस्य हेमन्त दाशौदी लगाएतको उपस्थिती रहेको थियो ।

Next Post

१९ जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व

२५ पुष २०७८, आईतवार ०७:३९
काठमाण्डाै – नेकपा एमालेको ६३ जिल्लामा भएको अधिवेशनमा १९ जिल्लामा अध्यक्ष सर्वसम्मत छानिएका छन् । अरु जिल्लामा सहमतिको प्रयास भइरहेको र सहमति हुन नसकेमा चुनावी प्रक्रियामार्फत नेतृत्व चयन हुने एमालेले जनाएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार झापा, पाल्पा, दाङ, डोल्पा, सल्यान, बर्दिया, बाँके, धादिङ, अर्घाखाँची, मोरङ, काभ्रे, भक्तपुर, […]