आज शिवरात्रि पशुपतिमा भक्तजनको घुइँचो (फोटो फिचर)

चक्र प्रसाद पोख्रेल २७ फाल्गुन २०७७, बिहीबार १२:३२

 

काठमाडौं :आज शिवरात्रिको अवसरमा देशभरका शिवालयहरूमा श्रद्धालुहरूको भिड लागेको छ । यसैबीच काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा बिहानैदेखि शिवभक्तहरूको घुइँचो लागेको छ ।

यसवर्ष पशुपतिको मूल मन्दिरमा प्रवेश गर्दा मास्क अनिवार्य गरिएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार बिहीबार बिहान ९ बजेसम्ममात्रै २ लाख जनाले पशुपतिमा दर्शन गरेको अनुमान गरिएको छ ।

पशुपति मूल मन्दिर परिसरमा बस्ने नागाबाबाको संख्या पनि करिब १०० मात्र रहेको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ । विगत वर्षमा ४५० देखि ५०० नागाबाबा पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको अवसरमा दर्शनमा आउने गरेको अभिलेख कार्यालयसँग छ ।

नागाबाबा सबैजसो भारतका विभिन्न स्थानबाट आउने गरेकोमा यस वर्ष कोरोनाका कारण संख्या घटेको कार्यालय प्रमुख उमा आचार्यले जानकारी दिइन् ।

कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले लाइनमा बसेका श्रद्धालुहरूलाई आधा घण्टामा नै मूल मन्दिर प्रवेश गर्न सक्ने गरी व्यवस्था गरिएको जानकारी दिए ।

यसवर्ष शिवरात्रिमा राष्ट्रपति विद्यादेवी भण्डारी पशुपति आउनेबारे बिहानसम्म कोषलाई जानकारी नभएको खतिवडाले बताए ।

 

Next Post

कालीकोटबाट सुर्खेत आउदै गरेको गाडी दैलेखमा दुर्घटना, दुईजनाको मृत्यु, १६ घाइते

२७ फाल्गुन २०७७, बिहीबार १२:३२
काठमाडौं : कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबिस नगरपालिका–१ स्यालाकोटमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । बिहीबार कालीकोटबाट सुर्खेतर्फ आउँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको मिनीबस अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रही नायब […]