काठमाडौं | नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनकै निवासमा पुगेका छन् ।
सोमबार सभापति देउवा बोहराटारस्थित पौडेल निवासमा पुगेका हुन् ।
नेकपा विभाजित रहेका बेला चुनाव समेत तय भएको बेला कांग्रेसले पनि आफ्ना गतिविधि विस्तार गर्दै गएको छ ।
यसबीच सभापति देउवा पौडेल निवास पुग्नुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।
देशकै शक्तिशाली र ठूलो मानिएको पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपा २, ३ चिरामा विभक्त भएपछि देउवा पौडेलकै निवासमा गएर आसन्न चुनावमा केन्द्रीत हुने बिषय र कम्युनिष्टको पत्तासाफ गर्ने रणनीति लगायत बिषयमा समेत कुराकानी भएको बुझिएको छ ।
यद्यपी पछिल्लो समय कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवादका बारेमा छलफल एवं समाधानलाई अन्तिम रुप दिन भेट भएको स्रोतको भनाइ छ । यसबाहेक भेटमा पार्टीको अन्य आन्तरिक विषयमा पनि छलफल भएको बुझिएको छ ।