कर्णाली प्रदेश सरकारमा एमालेले दाबी पेस गर्दै

कर्णाली दृष्टि संवाददाता २२ चैत्र २०८०, बिहीबार १२:३१

सुर्खेत । कर्णाली प्रदेशसभा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्ने भएका छन् ।

प्रदेश मुख्यमन्त्री राजकुमार शर्माले बुधबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष दिभएको राजीनामा स्वीकृत गरी नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कर्णाली प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदका लागि दाबी पेसका लागि आह्वान गरेका थिए ।

प्रदेश प्रमुखको आह्वानअनुसार आज नेता कँडेलले सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को समर्थनमा मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न लागेको एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईँले जानकारी दिए ।

कर्णाली प्रदेश प्रमुख परियारले मुख्यमन्त्री पदका लागि यही चैत २७ गते बेलुका ५ः५० बजेभित्र दाबी पेस गरिसक्नुपर्ने गरी समयसीमा तोकेका थिए ।

Next Post

माटोको ढिस्कोले पुरिएर जाजरकोटमा महिलाको मृत्यु

२२ चैत्र २०८०, बिहीबार १२:३१
सुर्खेत। जाजरकोटमा माटोको ढिस्कोले पुरिएर विहिवार एक महिलाको मृत्यु भएको छ । छेडागाड नगरपालिका–३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए । उनका अनुसार मङ्गलबार दिउँसो घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा घाइते हुनुभएकी अधिकारीको आज बिहान मृत्यु भएको जानकारी […]