दैलेखमा मेला हेर्न गएका एक जनाकाे भिरबाट खसेर मृत्यु

कर्णालिदृष्टि सम्वाददाता ९ मंसिर २०७८, बिहीबार २१:००

दैलेख । दैलेखमा मेला हेर्न गएका एक युवककोे मृत्यु भएको छ । बिहिबार जिल्लाको भगवतीमाई गाउँपालिका–२ का अन्दाजी २२ वर्षीय युवकको मेला हेर्न गएको समयमा भीरबाट खसेर घाइते भई उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यलयले भगवतीमाई गाउँपालिका–३ सान्तडामा लाग्ने स्थानीय परम्परागत मेला हेर्न गएका गमबहादुर नेपालीको भीरबाट अन्दाजी ७५ मिटर तल खसेर घाइते भएको र उपचारको क्रममा मृत्यु भएको बताएको छ ।

घटनास्थलमा प्रहरी चौकी दैलेखको बेस्तडाबाट ५ जनाको टोली खटिएर उक्त व्यक्तिको उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल दैलेख ल्याईएकाे र नेपालीको बिहिबार दिउँसो करिब २ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई रहेको छ ।

Next Post

एमालेको १०औँ महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदै

९ मंसिर २०७८, बिहीबार २१:००
काठमाण्डौ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदै छ । तीन दिनसम्म चल्ने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । उद्घाटनमा पाँच लाख सहभागी हुने एमालेले दाबी गरेको छ । त्यसका लागि नेता कार्यकर्ता चितवन पुग्ने क्रम जारी छ । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र […]