
ताप्लेजुङ :ताप्लेजुङको सिनाममा आगलागीमा परि पाँच घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार दिउँसो करिब ४ बजेतिर आगलागी भएको थियो ।
सिरिजंघा १ सिनाम डाँडा गाउँका दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।
प्रहरी कार्यालका अनुसार बच्चाले भान्सामा आगो फुक्ने क्रममा घरमा आगो सल्किएको हो । आगलागीबाट मानवीय क्षति भने भएको छैन । आगलागीबाट ५६ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीको छ । पीडित परिवार आगलागी भएको क्षेत्रमा पाल टाँगेर बसेका छन् ।
Next Post

ललिता निवास जग्गा प्रकरणमा मुछीएका भाटभटेनीका सञ्चालक गुरुङ धरौटीमा रिहा
२१ माघ २०७७, बुधबार ०९:०१
काठमाडौं :बालुवाटारस्थित ललिता निवासको सरकारी तथा सार्वजनिक जग्गा हिनामिना प्रकरणमा मुच्छिएका भाटभाटेनीका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा छुटेका छन् । विशेष अदालत काठमाडौंले गुरुङसँग २ करोड रुपैयाँ धरौटी मागेको अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए । न्यायाधीसद्वय प्रेमराज कार्की र अब्दुल अजिज मुललमानको इजालसले गुरुङलाई धरौटीमा छाड्ने आदेश दिएको हो । […]
सम्बन्धित समाचार
-
२७ कार्तिक २०७७, बिहीबार ०९:०२
अमेरिकी प्रतिबन्ध विरुद्ध टिकटकले सुरु गर्यो कानूनी लडाइँ
-
२० माघ २०७८, बिहीबार ०७:०४
हत्याको कसुरमा दैलेखमा २ जनालाई जन्मकैद
-
५ चैत्र २०७७, बिहीबार ०८:०३
आठ वर्षीया नातिनी बलात्कार गर्ने ५६ वर्षीय वृद्धलाई आजीवन कारावास
-
१० माघ २०७७, शनिबार १४:१७
निर्मल माविमा विद्यार्थीलाई हलो जोत्ने देखी डोको बुन्ने सम्मको व्यावहारिक ज्ञान प्रदान
-
३० भाद्र २०७७, मंगलवार १५:५९
टिकटकद्वारा माइक्रोसफ्टको प्रस्ताव अस्वीकार
-
१६ माघ २०७८, आईतवार ०७:२०
पहिलो मैत्रीपूर्ण फुटबलमा नेपालद्धारा मरिसस पराजित

