कांग्रेसको महाधिबेशन अन्र्तरगत प्युठानको मतगणना स्थलमा झडप‚ दुई प्रहरीसहित सातजना घाइते

कर्णालीदृष्टी संवाददाता ८ मंसिर २०७८, बुधबार ०७:०१

प्युठान । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्युठान अधिवेशनको मतगणना स्थलमा झडप भएको छ । मंगलबार राति मतगणना स्थल स्वर्गद्वारी क्याम्पसमा मतगणना अन्तिम हुन लागेको बेला विवाद हुँदा झडप भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार एक पक्षले हार्ने अवस्था भएपछि ढुंगामुडा तथा तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिनको लागि हवाइ फायर गरिएको हो । झडपका क्रममा एक जना नेपाली प्रहरी र एक जना सशस्त्र प्रहरीसहित सातजना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरी जवान गोपाल जिसी र चन्द्रबहादुर गाह घाइते छन् । यस्तै कांग्रेस कार्यकर्ता कृष्ण बसेल, स्वर्गद्वारी नगरपालिका–२ का २० वर्षीय कमल घर्ती, नौ बहिनी ६ का २६ वर्षीय कुँवर पुन, २३ वर्षीय बिनोद रिजाल र प्युठान नगरपालिका–७ का खेमराज पण्डित झडपमा परी घाइते भएका छन ।

जिल्ला सभापति पदका लागि संस्थापन पक्षधर शिव रिजाल र संस्थापनइतर पक्षधर विष्णुकुमार गिरी निर्वचानमा उत्रिएका थिए । मतगणनाको क्रममा संस्थापनइतर पक्षधर गिरीले अग्रता लिएका थिए । यही क्रममा कसैले टिनमा ढुंगा हानेपछि विवाद चर्किएको थियो । संस्थापन पक्षधर रिजालका ब्यक्तिले ढुंगामुढा सुरु गरेपछि विवाद शुरु भएको थियो ।

Next Post

दाङ्गमा लागु औषधसहित भारतीय पक्राउ

८ मंसिर २०७८, बुधबार ०७:०१
दाङ । दाङमा प्रहरीले लागु औषध ब्राउन सुगरसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बहराइच तहसिल नानपाराका २८ वर्षीय नाइम रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सोमबार बेलुका ५ बजेतिर भारतीय नागरिक जस्ता देखिने व्यक्तिले लमही–९ अमिलियामा लागु औषधको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा […]