दुल्लुको मेयरमा एमाले युवा नेता शाही पहिलो नम्बरमा सिफारिस

कर्णालीदृष्टी संवाददाता ३० चैत्र २०७८, बुधबार ०८:३०

दैलेख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दैलेखको दुल्लु नगरपालिकाको प्रमुखमा नेकपा एमालेको तर्फबाट युवा नेता रुद्र शाही पहिलो नम्बरमा सिफारिस भएका छन् ।

मंगलबार दुल्लुमा उम्मेद्वार छनौटका लागि भएको मतदानमा शाहीले ५६ मत प्राप्त गरि पहिलो नम्बरमा सिफारिस भएका हुन ।

दोस्रो नम्बरका नगर कमिटी अध्यक्ष हर्कबहादुर खड्काले ३३, जिल्ला पार्टी सचिव तिलक रिजालले १९, जिल्ला पार्टी उपसचिव गंगाराम दाहालले १०, डा. रमेश आचार्यले ५ र कपिल खनालले शून्य मत प्राप्त गरेका थिए ।

यस्तै, उममेयरको उम्मेदवारका लागि सात जना प्रतिस्पर्धीमध्य रेणु भट्टराईले ३३ मत प्राप्त गरेर पहिलो नम्बरमा सिफारिस भएकी छन् ।

यस्तै, दोस्रोमा विना कार्कीले २९, विष्णु थापाले २७, भगवती खनालले १३, कौशिला आचार्य खनालले १५, सावित्रा खड्काले १२ र कोकिला शर्माले ८ मत प्राप्त गरिन् ।

दुल्लु नगर कमिटीले नगर प्रमुखमा पहिलो नम्बरमा सिफारिस भएका शाही र दोस्रो नम्बरमा सिफारिस भएका खड्कालाई तथा उपप्रमुखमा भट्टराई र कार्कीलाई सिफारिस गरेको छ । तर सर्वसम्मतबाटै उम्मेद्वार छनौट टुंग्याउन छलफल भइरहेको एमाले दैलेखले जनाएको छ ।

Next Post

माध्यामिक तहको अध्यापन अनुमति पत्रका लागि विज्ञापन खुल्यो

३० चैत्र २०७८, बुधबार ०८:३०
काठमाण्डाै – शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुलाएको छ । इच्छुक उम्मेदवारले आजदेखि बैशाख २९ गतेसम्म दरखास्त भर्न सक्नेछन् । त्यस्तै दोब्बर दस्तुर तिरेर जेठ ५ गतेसम्म दरखास्त दिन सकिनेछ । शिक्षक सेवा आयोगको नियमावली–२०५७ अनुसार तोकिएको न्यूनतम योग्यता र तालिम वा योग्यता पुगेका इच्छुक व्यक्तिले अनलाइन […]