सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा कँडेल विजयी

कर्णालीदृष्टी संवाददाता ६ बैशाख २०७९, मंगलवार ०७:५९

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा निवर्तमान महासचिव लक्ष्मण कँडेल अध्यक्षमा विजयी हुनुभएको छ ।

नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा कँडेलले ४८ मत अन्तरले प्रतिद्वन्द्वी हर्षविक्रम खड्कालाई पराजित गर्नुभएको हो ।

कँडेलले ९११ मत ल्याएर विजयी हुँदा खड्काले ८६३ मत प्राप्त गर्नुभयो । यस्तै, वरिष्ठ उपाध्यक्षमा गणेशकुमार बस्नेतले ९४१ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी सूर्यबहादुर रावतले ७३७ मत ल्याउनुभएको थियो ।

बाणिज्य उपाध्यक्षमा दिपेन्द्र ढकालले ७८४ मत ल्याएर पराजित हुँदा प्रेमबहादुर रावलले ९२० मत ल्याएर विजयी हुनुभएको छ । उद्योग उपाध्यक्षमा सिंहराज वमले ८६७ मत ल्याएर विजयी हुनुभएको छ भने प्रेम पाण्डेले ८५७ मत ल्याएर पराजित हुनुभएको छ ।

महिला उपाध्यक्षमा तारा रावतले ८८२, महासचिवमा भद्र भण्डारीले ८७२, उपमहासचिवमा कृष्णप्रसाद सुवेदीले ८७५, कोषाध्यक्षमा रामप्रसाद पाण्डेले ९३८ र सहकोषाध्यक्षमा सूर्यबहादुर खत्रीले ८६५ मत ल्याएर विजयी हुनुभएको छ ।

२०५८ मतदातामध्ये निर्वाचनमा कुल १ हजार ८ सय २४ मत खसेको थियो ।

Next Post

एमालेको घोषणापत्र अनुमोदन

६ बैशाख २०७९, मंगलवार ०७:५९
काठमाण्डाै – पालिका चुनावका लागि नेकपा एमालेले तयार पारेको घोषणापत्रको मस्यौदालाई पारित गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा हिजो बेलुका बसेको बैठकले घोषणा पत्रको मस्यौदालाई अनुमोदन गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । घोषणापत्र तयारीका लागि पार्टीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन गरेको […]