दैलेख । नेकपा एमाले दैलेखको अध्यक्षका लागी रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाहीबिच प्रतिस्पर्धा हुने भएको छ । पार्टीको जारी सातौ जिल्ला अधिबेशनमा यसअघि छैटौँ जिल्ला अधिवेशनबाट अध्यक्ष बनेका शर्मा र जिल्ला विकास समितिका पूर्व उपसभापति शाहीबीच अध्यक्ष पदमा निर्वाचन हुने भएको हो ।
शर्मा प्रतिनिधिसभा सदस्य समेत हुनुहुन्छ भने शाही केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा गठित भूमि समस्या समाधान आयोग दैलेख जिल्ला अध्यक्ष हुनुहुन्थ्यो ।
यस्तै पार्टीको जिल्ला सचिवमा रुद्रबहादुर शाही र तिलकप्रसाद रिजालबीच प्रतिस्पर्धा हुने भएको छ । प्रमुख निर्वाचन अधिकृत हिमालयजंग शाहका अनुसार गएको शुक्रबारदेखी नै सहमतिको प्रयास भए पनि नेताहरुबिच सहमति जुट्न नसकेपछि अध्यक्ष, सचिवलगायत जिल्ला कमिटी सदस्य चयनका लागि निर्वाचन हुने बताईएको छ ।
नयाँ नेतृत्व चयनका लागी निर्वाचन भने मंगलबार बिहान ८ बजेदेखी सूरु हुने निर्वाचन कमिटिले जनाएको छ ।
एमाले दैलेखको उपाध्यक्षमा बस्नेत निर्बीरोध निर्वाचित
नेकपा एमाले दैलेखको उपाध्यक्षमा नन्दकिशोर बस्नेत निर्बीरोध निर्वाचित हुनुभएको छ । एमालेको सातौ जिल्ला अधिबेशन अन्र्तरगत उपाध्यक्षका पदका लागी बस्नेत र आठबिस नगरपालीकाका प्रमुख खड्गराज उपाध्यायको उम्मेद्वारी परेको थियो ।
तर उम्मेद्वारी दर्ता गराउनुभएका आठबीस नगरपालिकका मेयर उपाध्यायले उम्मेदवारी फिर्ता लिएसँगै बस्नेत उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन कमिटिका प्रमुख निर्वाचन अधिकृत हिमालयजंग शाहले बताउनु भयो ।
बस्नेत औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष समेत हुनुहुन्छ ।