प्रधानमन्त्री पदबाट ओलिले तत्काल राजीनामा दिनुपर्छ : नागरिक आन्दोलन

कर्णाली दृष्टि संवाददाता ३० माघ २०७७, शुक्रबार १६:३९

काठमाडौं । प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ ।

जननिर्वाचित संसद विघटन गरेर संविधान र लोकतन्त्रलाई धरापमा पारेको, बलात्कारी, हत्यारालाई कारवाही गर्न नसकेको भन्दै उनीहरूले ओलीको राजीनामा मागेका हुन् ।

बसन्तपुरबाट शुक्रबार सुरु भएर रत्नपार्क हुँदै भद्रकाली पुगेको सभालाई सम्बोधन गर्दै अधिकारकर्मी रजनी मिलाले भनिन्, ‘थोरैमात्रै नैतिकता छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्दछ ।’

बलात्कारविरुद्धको रोस ह्यासट्याग अभियानकी हिमा विष्टले निर्मला पन्त, सम्झना बिक, भागरथी भट्ट लगायतको बलात्कारपछि हत्या हुनुमा शासकहरू नै दोषी रहेको बताइन् ।

महिलाको आवाज दबाउने, शान्ति सुरक्षा नदिने प्रतिगामी शासकविरुद्ध गाउँ, शहरबाट महिलाहरूलाई उठ्न उनले आव्हान गरिन् । कार्यक्रममा उनले भनिन्, ‘म अधवैसे भइसकें, अब गाउँ–गाउँ, शहर–शहरबाट किसोरीहरूले उठ्नुपर्छ ।’
@onlinekhabar

Next Post

भागरथीभट्टको बलात्कार र हत्याबारे बुझ्न कांग्रेसले नेता खटायो

३० माघ २०७७, शुक्रबार १६:३९
काठमाडौं । नेपाली कांग्रेसले बैतडीकी भागरथी भट्टको बलात्कार र हत्याबारे अध्ययन गरी प्रतिवेदन बुझाउन पार्टी नेतालाई खटाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार स्थलगत अध्ययन गरी लिखित प्रतिवेदन पेश गर्न र स्थानीय तथा परिवारसँग भेट गर्न केन्द्रीय सदस्य रमेश लेखकलाई पठाइएको हो । उनी शुक्रबार नै बैतडी पुग्दैछन् । घटना […]