भैरवी ७ मा एकिकृत समाजवादीको भेला सम्पन्न

कर्णालीदृष्टी संवाददाता ३० कार्तिक २०७८, मंगलवार १५:५२

दैलेख । जिल्लाको भैरवी गाउपालीका वडा नम्बर ७ मा नेकपा एकिकृत समाजवादी पार्टीको भेला सम्पन्न भएको छ । आईतबार सम्पन्न भेलाबाट रुपेन्द्र बिश्वकर्माको अध्यक्षतामा एकिकृत समाजवादी पार्टी भैरवी गाउपालीका वडा नम्बर ७ को नया वडा कमीटि गठन गरिएको छ ।

भेलाबाट उपाध्यक्षमा नन्दाराम अधिकारी, महिला उपाध्यक्षमा जानकी अधिकारी, सचिब खेमराज भुषाल र सह–सचिबमा कुशल मिजारलाई चयन गरिएको नेकपा एकिकृत समाजवादी पार्टी दैलेखका जिल्ला सदस्य रोहीत लामीछाने मगरले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा एकिकृत समाजवादी पार्टी दैलेखका अध्यक्ष बरुनाथ योगी, प्रदेश कमीटि सदस्य मायाराम अधीकारी, पार्टीका गाउपालीका अध्यक्ष जगत आचार्य, अनेरास्व्यूका स्थायी कमिटी सदस्य रबिन्द्र पाण्डे लगाएतका नेताहरुको उपस्थिीति रहेको थियो ।

उक्त भेलामा बोल्दै अनेरास्व्यू केन्द्रीय सचिवालय सदस्य डेवीट अधिकारीले कुनै दीन भैरवी ७ मा आफू एक्लै भएर पार्टीमा गरेको संघर्ष र काम प्रतिको आत्मविश्वासले नै अहिले आएर पार्टीको संगठन बिस्तार भएको दावी गरे ।

उनले समाजवादी पार्टी ७ नम्बर वडाकै सबैभन्दा बलीयो पार्टी बन्ने तथा यो अभियानले अन्य वडा पालीका हुदै जिल्ला तहमानै पार्टी प्रतिको आकर्षण बढ्ने बिश्वास व्यक्त गरे ।

एकिकृत समाजवादी पार्टी सबै जनताको सबैभन्दा प्यारो पार्टी बन्ने बन्ने र आफुहरुले कुरा भन्दा काम बढी गरेर सम्पुर्ण युवा शक्तीको आशाको केन्द्र बन्दै हरेक सकरात्मक काम तथा पार्टीको संगठन बिकास र विस्तारलाई तिब्र रुपमा अगाडी बढाउने पनि अधिकारीले बताएको थिए ।

Next Post

सुर्खेतमा बन्द गराउँदै हिँडेका दुई जना पक्राउ

३० कार्तिक २०७८, मंगलवार १५:५२
सुर्खेत । सुर्खेतमा बन्द गराउँदै हिँडेका दुई जना पक्राउ परेका छन् । वीरेन्द्रनगर बजार बन्द गराउँदै हिँडेका दुईजना विप्लवका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी उपरीक्षक (डीएसपी) रामप्रसाद घर्तीले कालीकोटको सान्नी त्रिवेणीका ३० वर्षीय तुलाराज तिरूवा र वीरेन्द्रनगर–२ का २० वर्षीय दिनेश बोगटीलाई नियन्त्रणमा […]

सम्बन्धित समाचार