दैलेखका २५ कृषक पुरस्कृत

कर्णालीदृष्टी संवाददाता २६ फाल्गुन २०७८, बिहीबार ०७:५९

दैलेख । जिल्ला कृर्षी विकास कार्यालय दैलेखले २५ जना कृषकलाई पुरस्कृत गरेको छ । शरदकालीन आलु उत्पादन गर्ने किसान प्रोत्साहन कार्यक्रम अन्तर्गत जिल्ला भरका २५ जना कृषक पुरस्कृत भएका हुन् ।

व्यवसायिक रुपमा आलु उत्पादन गर्ने कृषकलाई हौसला तथा थप आलु उत्पादन गर्न प्रोत्साहन स्वरूप उहाँहरूलाई सम्मान गरिएको कृर्षी विकास कार्यालय दैलेखका प्रमुख नरेन्द्र बहादुर थापाले बताउनुभयो ।

पुरस्कृत हुने कृषक मध्ये १० जना महिला र १५ जना पुरुष गरि २५ जना रहेका जनाइएको छ । कार्यालय प्रमुख थापाले १ रोपनीमा जग्गामा आलु उत्पादन गर्ने कृषकलाई ५ हजार नगद प्रमाण पत्र र ५ रोपनी जग्गामा आलु उत्पादन गर्ने कृषकलाई २५ हजार नगद प्रमाण पत्र सहित सम्मान गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले पुरस्कृत भएका कृषकलाई थप ऊर्जा प्रधान गर्ने र जिल्लामा व्यावसायिक तरिकाले कृषिमा लागेका किसानहरूलाई हौसला प्रधान गरिँदै जाने बताउनुभयो । उहाले कृषकका समस्या पहीचान गरि समाधान गर्न लाग्नु तिनै तहका सरकारको दायित्व रहेको बताउनुभयो ।

कृर्षी विकास कार्यालय दैलेखका कार्यालय प्रमुख नरेन्द्र बहादुर थापाले कृर्षी कर्ममा होमिएका किसाहरुलाई कार्यालयले सहयोग गर्दै आएको र सबै कृषकले सरकारबाट प्राप्त गर्ने अनुदानलाई सही ठाउँमा प्रयोग गर्दै जान आग्रह समेत गर्नुभएको थियो ।

Next Post

स्वरोजगार बनाउन महाबूका युवालाई सीपमूलक तालिम

२६ फाल्गुन २०७८, बिहीबार ०७:५९
दैलेख । दैलेखको महाबू गाउँपालिकाले विपन्न युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले यहाँका ८५ जना युवाहरूलाई सीपमूलक तालिम प्रदान गरेको छ । विपन्न, गरिबी, सुविधाविहीन, अति सीमान्तकृत तथा सीमान्तकृत युवाहरूलाई छनोट गरी सीपमूलक तालिम प्रदान गरिएको महाबू गाउँपालिका उद्योग विकास शाखा प्रमुख सुनमायाँ सुनारले जानकारी दिनुभयो । नेपाल सरकारको गरिबी निवारणका लागि लघुउद्यम […]