सुरेन्द्र महर्जन(अमर) को “आँखा झिमिक्क पारेर ” म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

चक्र प्रसाद पोख्रेल १४ फाल्गुन २०७८, शनिबार २२:५९

काठमाडौं : विगत लामो समय देखि साहित्य तथा गीतसंगीतमा लागेका साहित्यकार सुरेन्द्र महर्जन’अमर’ को आँखा झिमिक्क पारेर गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

साहित्यकार सुरेन्द्र महर्जन’अमर’ को रचनामा संगीतकार सन्तोष श्रेष्ठको संगीतमा रहेको गीत ‘आँखा झिमिक्क पारेर’ गीतको म्युजिक भिडियो काठमाडौंको बिजुलिबजार स्थीत कार्निवल रेष्टो एण्ड मिटिङ रेष्टुरेन्टमा एक कार्यक्रमका विच सार्वजनिक गरिएको छ ।

कार्यक्रममा गीतकार निर्देशक ,कलाकार लगायतले गीतको बारेमा चर्चा गरिएको छ ।संगीतकार सन्तोष श्रेष्ठ र अस्मिता अधिकारीको स्वर रहेको उक्त भिडियोले सबैको मन जित्ने देखिन्छ ।

कलाकारहरूमा हरिश निरौला (कक्रोज), सुमन ज्योति (ल्याग्री दादा) आयुषा कटुवाल र पुजा उप्रेतीको अत्यन्त राम्रो अभिनय रहेको छ । सुलभ घिमिरेद्वारा एरेन्ज गरिए र वान स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

आँखा झिमिक्क पारेर गीतको म्युजिक भिडियो सुरेश थापा (दर्शने ) ले निर्देशन गरेका छन । ओएसनेपालको आयोजनामा आयोजित कार्यक्रममा विवेक कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम दिनेश थानीले संञ्चालन गरेका थिए ।

साहित्यकार तथा गीतकार महर्जनले यस भन्दा अघि थुप्रै गीतहरु बजारमा आएका छन् भने उनका साहित्यिक कृति पनि लगभग तीन दर्जन भन्दा बढी प्रकाशित भैसकेका छन् ।

हेर्नुहोस भिडियो :

Next Post

युक्रेनबाट नेपालीको उद्धार चल्दै : सयभन्दा धेरै नेपाली पोल्यान्ड सीमामा

१४ फाल्गुन २०७८, शनिबार २२:५९
काठमाण्डाै – युक्रेनबाट नेपालीको उद्धार चलिरहेको छ । जर्मनीमा रहेको नेपाली दूतावासका अनुसार दुई सय २५ जना नेपाली निरन्तर सम्पर्कमा छन् । उनीहरुमध्ये एक सय नेपाली पोल्यान्ड सीमामा पुगेका छन् । १५ जना भने पोल्यान्ड पुगिसकेका दूतावासले विज्ञप्ति निकालेर जानकारी दिएको छ । त्यस्तै २३ जना स्लोभाकियाको सीमा क्षेत्रमा आइपुगेका छन् […]